साबधान ! यी ७ रोगले बर्बाद पार्न सक्छ तपाईको सेक्स लाइफ

आफ्नो यौन जीवनबाट सन्तुष्ट नहुनेको सङ्ख्या सन्तुष्ट हुनेको भन्दा धेरै बढी छ। यसको पछाडी धेरै कारणहरु छन्। यौन जीवनसंग जोडिएको कुनै पनि समस्यालाई समयमा ध्यान नदिने हो भने यसले पछि ठूलो समस्या निम्त्याउँछ। यो थाहा हुन जरुरी छ कि केही रोगहरु यस्ता पनि छन् जसले तपाइको सेक्स लाइफमा नराम्रो असर पार्छ।

मधुमेह

Advertisement

मधुमेहले शरीरमा धेरै समस्या ल्याँछ। यही मध्ये सेक्समा पार्ने समस्या पनि एक हो। मधुमेहले सेक्स गर्ने शक्तिमा कमी ल्याउँछ।

डिप्रेशन

सेक्स लाइफ बर्बाद पार्ने सबैभन्दा ठुलो समस्या हो डिप्रेशन। चिन्ता र डिप्रेशनले सताएको व्यक्तिले आफ्नो पार्टनरलाई राम्रो यौन सन्तुष्टी दिन सक्दैन। डिप्रेसनले सेक्स गर्ने पावर घटाउँछ। पर्याप्त उत्तेजना कमीमा शारीरिक निर्बलता देखिन्छ।

मोटोपन

मोटोपन कुनै पनि तवरले स्वस्थ होइन। यौन जीवनमा त यसले झनै प्रत्यक्ष असर गर्छ। सेक्सको पुरा मज्जा त आफुलाई आउँछ न पार्टनरलाइ दिन सकिन्छ।

तत्कालै फिट देखिन यस्तो गर्नुस, ५ उपाय

कम्मर दुखाइ

कम्मर दुख्ने वा ढाड दुख्ने समस्या यो पुस्ताको सामान्य समस्या जस्तो भइसकेको छ। तर यो समस्या सामान्य होइन। यसले गर्दा सेक्स जीवनमा मन मर्दै जान्छ। शरीरमा स्फुर्ति नहुँदा शारीरिक सम्पर्कमा समस्या आउँनु स्वभाविक पनि हो।

एनीमिया

अर्थार शरीरमा रगतको कमी हुनु। एमीमियाले शरीरलाई कमजोर बनाएर सेक्स प्रतिको रुची त कम गर्छ नै यसले पुरुषमा उत्तेजना कम गरेर इरेक्टाइल डिस्फंक्शनको समस्या बढाउँछ। जसले स्वस्थ सेक्स झण्डै असम्भव बनाउँछ।

भास्कुलर डिजिज

अर्थात रगत सञ्चार गर्ने धमनी तथा नशाको समस्या। यो समस्या हुँदा शरीरमा राम्रोसंग रगत सञ्चार हुँदैन। यसले इरेक्टाइल डिस्फङ्सन (लिङ्ग इरेक्ट नहुने) निम्त्याउँछ।

हस्तमैथुन

मास्टरवेसन अर्थात हस्तमैथुनले सेक्स लाइफमा नकारात्मक असर गर्छ। यौन जीवनको कुरा गर्दा हस्तमैथुन सबैभन्दा बढी भ्रामक विषय बनेको छ। हस्तमैथुनले मानसिक र शारीरीक दुवै तवरले नकारात्मक असर गर्छ र सेक्स गर्ने शक्तिमा कमी ल्याउँछ। धेरै हस्तमैथुन गर्नेहरुमा इरेक्टाइल डिस्फङ्सनको समस्या देखिन्छ।

सेक्स बारेका ७ मिथ्या जो वयस्क सत्य मान्छन्

के सेक्स शारीरिक कसरत हो ?

मेनोपोज

मेनोपोज रोग होइन। ४५ देखि ५५ वर्षको उमेर हुँदा महिलामा ओइस्ट्रोजनको स्तर घट्न थाल्छ। यो प्राकृतिक प्रक्रिया नै हो। तर यसले गर्दा महिलामा सेक्सको चाहना घट्दै जान्छ।

More News last news
Loading...