यदि तपाई किड्नी स्टोनले समस्यामा हुनुहुन्छ र न्याचुलर तरिका बाट किड्नी स्टोन बाट मुक्त हुन चाहनु हुन्छ भने हामी आज केहि यस्ता फ्रुट्स र भेजिटेबल जूसका बारेमा बताउँदै छौँ । जसको सेवन सजिलै गर्न सकिन्छ । लेमन जूस- लेमन जूस द्वारा प्रभावकारी रुपमा किड्नी स्टोनको उपचार गर्न सकिन्छ।
जूस बनाउने विधी
-ताजा कागती लिनुहोस् र लगभग ११० ग्राम कागतीको जूस निकाल्नुहोस्।
-यसमा दुई लीटर पानी मिलाएर राम्रो सँग मिक्स गर्नुहोस् र साथमा एकदमै कम मात्रामा चिनी मिलाउनुहोस् ।
-किड्नी स्टोनको दुखाई बाट राहत पाउनको लागि यसलाई पिउनुहोस् ।
-दिनमा दुई पटक यस्तो पानी पिउँदा किड्नी स्टोन बिस्तारै-बिस्तारै कम हुन्छ ।
लेमन जूस, र एप्पल साइडर भेनेगर र ओलिभ ओयल- यो एक न्याचुरल होम रेमेडी हो । जसले किड्नी स्टोनको समस्यालाई सजिलै ठिक गर्दछ ।
किड्नी स्टोनको समयमा हुने एबडोमिनल पेनलाई पनि ठिक गर्न सक्छ ।
यसलाई बनाउने विधी
-१५ ग्राम कागतीको जूसमा डेढ कप पानी मिलाउनुहोस।
-यसमा एक चम्मच एप्पल साइडर भेनेगर मिलाउनुहोस।
-साथमा यसमा केहि थोपा ओलिभ ओयल हालेर यसलाई मिक्स गर्नुहोस् र पिउनुहोस् ।
-दुखाई बाट छुटकारा पाउन हरेक एक घण्टामा डेढ कप जूस पिउनुहोस् ।
अनारको जूस
किड्नी स्टोनको लागि अनारको जूस र दाना दुवै न्याचुरल उपचार हो । राम्रो परिणामको लागि आर्गेनिक अनार खाने र घरमै तयार अनारको जूस खाने गर्नु पर्दछ । खरबुजाको जूस- यसले डायजेशन राम्रो गर्नुको साथै किड्नी स्टोनलाई पनि ठिक गर्छ । खरबुजामा रहेको पानीको मात्रा र पोटाशियम हेल्दी किड्नीको लागि निकै फाइदायुक्त हुन्छ । यसले यूरिनमा एसिड लेवललाई सन्तुलन राख्छ । खरबुजाको जूस पिउँदा किड्नी स्टोन शरीर बाट बिस्तारै-बिस्तारै फ्लश हुन थाल्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
