आज भोली मानिसको प्राय बढि समय मोबाईल वा कम्प्यूटरमा बित्छ अझै समय बच्यो भने टिभि हेर्नमा पनि समय खर्चिन्छौ हामी। दिनभरि कम्प्युटरमा जोतिनुपर्ने आजभोलिको जागिरले आँखालाई त झन तनाव नै हुने गरेको छ।
तर यस्ता बिद्युतिय सामग्रीले मानिसको आँखालाई र आखाको दृश्यशक्तिीलाई कमजोर बनाउने गरेको धेरै अध्ययनले देखाएको छ। आँखा शरीरको महत्वपूर्ण अंग हो। यसैबाट संसारका अनेक रंग र वरिपरिका आकर्षक दृश्य हेर्न सक्नुहुन्छ। त्यसैले आँखालाई हेरचाह गर्नु जरूरी हुन्छ। ज्यादा काम गर्दा आँखा कमजोर हुन्छ।
घरेलु उपचारले तपाईंका आँखाको तेज कसरी बढाउने
१ तपाईं गाजर, सुन्तला, मौसम जस्ता पहेंला रंगका फलफूल खान थाल्नुस्
यिनमा भिटामिन ए भरपूर हुन्छ।
२ बिहान उठेर आँखामा गाजल जसरी दल्दा पनि आँखाको तेज बढ्छ।
३ दिनदिनै पाइताला र खुट्टाका औंलामा सर्स्युँको तेलले मालिश गर्दा पनि आँखाको तेज बढ्छ।
४ पालुंगोको साग र गाजरको जुसले पनि आँखा मजबुत बनाउँछन्।
५ राति सुत्नुअघि दूधमा पिँधेको अलैंची अलिकति हालेर पिउँदा आँखा स्वस्थ हुन्छन्।
६ दुवै हत्केला रगडेर तातो बनाउनुुस् र तिनले आफ्ना आँखा छोप्नुस्। यसो गर्दा आँखाका मांसपेशीले आराम पाउँछन्।
७ काम गर्दागर्दै आँखालाई आराम दिनुस् । आँखालाई जोड पार्नु हुँदैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
