शरीरमा आएका मुसा तथा कोठी हटाउन चाहनुहुन्छ ? यी उपाय अप्नाउनुहोस्

आफू सुन्दर हुने हरेको मानिसको सहज स्वभाव हो । केही मानिसका छालामा मुसा वा कोठी आएर सुन्दरतामा प्रभाव परेको छ भने अझ विशेष गरी अनुहारमा मुसा वा कोठी आएमा नराम्रो देखिन्छ।

मानिसको शरीरमा मुसा किन र के कारणले आउँछ ?

Advertisement

मुसालाई अंग्रेजीमा वर्त् भनिन्छ। एजपीभी भन्ने एक किसिमको भाइरसको कारण यो छालामा मुसा पैदा हुने गर्दछ।
मुसा विभिन्न प्रकारका हुन्छन्। औषधि खाने र औषधि दल्ने गरेमा मुसा सानो हुंदै गएर अन्तमा हट्नेछ। यस उपचार पद्धति बाहेक, चिस्याउने, इलेक्ट्रिक उपचार गर्ने, लेजर वा अपरेशन गर्ने तरिकाव्दारा पनि मुसा हटाउन सकिन्छ।

भर्खरै शरीरमा मुसा आएको देख्दा भिटामीन एलाई सोझै मुसा आएको छालामा दल्न सकिन्छ । यसो गरेमा मुसा हट्ने सम्भावना हुन्छ।

अर्को उपाय होः भिटामिन सीलाई धुलो पारी पानीसंग मिलाएर लेदो जस्तो बनाई मुसा आएको छालामा दल्ने गरेमा मुसा हट्ने सम्भावना छ । तर जुनसुकै उपायव्दारा मुसा हटाउंदा चिकित्सकको सल्लाह अनुसार काम गर्न राम्रोहुन्छ ।
मुसा कोठी हटाउनका लागि घरेलु उपायहरु :

स्याउका भिनेगरप्रयोग गर्ने
– स्याउको भिनेगर सबैभन्दा उपयोगि प्राकृतिक उपाय हो । मुसाहटाउन यसको अचम्म खलको उपयोगिता छ । स्याउको भिनेगरलाई मुसा,कोठी आएको ठाउँमा लगाएमा चाँडै नै हराएर जान्छ । तर यो बिधि आँखा वरपर भने प्रयोग गर्नु हुँदैन ।
स्याउको भिनेगरसँग मुसा, कोठि हटाउनको लागि अन्य विधि पनि प्रयोग गर्न सकिन्छ :-
स्याउको भिनेगरसँग मुसा, कोठि हटाउनको लागि अन्य विधि पनि प्रयोग गर्न सकिन्छ :-
– पानी र थोरै साबुनले मुसा आएको वरपर सफा गर्नुहोस् ।
– १५ मिनेटपछि मुसामा टुतपेस्ट दलेर रगड्नुहोस् र १५ मिनेट त्यत्तिकै राख्नुहोस् ।
– स्याउको भिनेगर कपासमा लिएर पुसेर संक्रमित ठाउँमा प्लास्टर या मज्जाले दब्बिने गरेर छोप्नुहोस् ।
– १५ मिनेट पछि खोलेर पानीले सफा गर्नुहोस् ।
– यो विधि दिनमा ३ पटक लगातार ७ दिन सम्म प्रयोग गर्नुहोस् हजुरको कोठि,मुसा सजिलै हराएर जानेछ।

More News last news
Loading...