आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन । यो ५० भन्दा धेरै रोगको साझा लक्षण मात्र हो ।
जसरी “ज्वरो” आँफैमा रोग होइन, हजारौं रोगहरुको साक्षा लक्षण हो त्यसरी नै जन्डिस पनि शरीर भित्र हुने धेरै साधारण र असाधारण रोगहरुले बाहिर देखाउने एउटा लक्षण मात्र हो ।
जन्डिसको कहिल्यै पनि उपचार गरिदैन । बरु जुन कारणले जन्डिसको लक्षण देखाउंछ सोहि कारक तत्वको उपचार गरिन्छ।
जन्डिस हुनुका मुख्य कारण के हुन् ?
१. हेपाटाइटिस ए, ई र थाइराइट। कारण फोहोर पानी।
२. पित्तथैलीमा पत्थरी।
३. रक्सी सेवन र कलेजो रोग।
जन्डिसमा के-के लक्षण हुन्छन् ?
१. खान मन नलाग्ने,
२. बान्ता हुने,
३. मुख मीठो नहुने
४. आलस्य,
५. कमजोरी,
६. पहेँलो पिसाब आउने,
७. आँखाबाट पहेँलोपना सुरू भएर शरीरका अन्य भागमा देखा पर्ने,
८. करङमुनिको दाहिने भाग (कोखा) दुख्ने। आदि।
जन्डिस उपचारका केही घरेलु उपाय
जौ
एक मुठी जौलाई तीन लिटर पानीमा मिसाएर सानो आगोमा लामो समयसम्म तताउनुहोस् । यसरी धेरैबेरसम्म तताएको पानीलाई बारम्बार पिउनुहोस । उमालेको जौ पानी जन्डिस उपचारका लागि सही तरिका सक्छ ।
कागती
कागतीमा भएको रोग प्रतिरोधी तत्वले पनि जन्डिस उपचारमा सहायक सिद्ध हुन सक्छ । कागतीले रोकिएका आन्द्राका नलिहरुलाई खुलाइदिनुका साथै रोगीले खाएको खानेकुरा पचाउन पनि मद्दत गर्छ ।
यसरी बनाएर खाएको कागती पानीले कलेजोको कोषलाई हानी हुनबाट बचाउछ ।
चिचिन्डो
सात देखि १० ओटा चिचिन्डाका पात लिनुहोस् र एक कप पानीमा मिसाएर उमालेर चिसो बनाउनुहोस् । सेलाएपछि दिनमा कम्तिमा तीन गिलास पिउनुहोस्, जन्डिसबाट केही हदसम्म मुक्ति मिल्न सक्छ ।
घ्युकुमारीको पात
घ्युकुमारीको केही पात टिपेर भित्रको तरल पर्दाथलाई कालो नून र अदुवासँग मिलाउनुहोस् । १० दिनसम्म खाली पेट खानुहोस् । बिस्तारै सुधार आउछ ।
कसनीको बिरुवा
यो आफैमा औषधी हो। कलेजोको रोग उपचारका लागि कसनीका सबै भाग जस्तै फुल, विया, जरा र बोक्रा समेत प्रयोग हुन्छ । यसको जुस पिउनाले कलेजोेलाई सक्रीय रुपमा काम गर्छ ।
महि
एक गिलास महि लिनुहोस र यसमा केही कालो मरिच हाल्नुहोस् । राम्रोसँग घोल्नुहोस र दिनमा कम्तिमा तीन पटक पिउनुहोस् ।
केरा
पाकेको केरालाई मुठिले मिच्नुहोस, केही मह मिसाउनुहोस र दिनमा कम्तिमा पनि दुई पटक खानुहोस् । जण्डिस उपचारमा यो विधि आयुर्बेदमा पनि निकै प्रयोग भएको पाइन्छ ।
गाँजरको जुस
गाँजरको ताजा जुस बनाउनुहोस् र दिनमा पाँच सात पटक पिउनुहोस् । गाँजरका टुक्रालाई रोगीले खाने खानामा समेत मिलाए दिनुपर्छ ।
गोलभेडाको जुस
एक चिम्टिी नुन र मरिचको धुलो मिसाएको एक गिलास गोलभेडाको जुस विहान खाली पेट खानुहोस् ।
मुलाको पात
मुलाको पातले भोक लगाउने र आन्द्राको कार्यलाई सुचारु गराउँछ । मुलाको पातको जुस बनाई फिल्टर गरी खाँदा उत्तम हुन्छ ।
मेवाको पात
एक चम्चा महलाई एक चिया चम्चा मेवाको पातको पेस्टमा मिसाएर खानुहोस् । यसको सेवन जन्डिसका लागि निकै प्रभावकारी उपाय हुन सक्छ ।
उखुको रस
उखुमा भएको तत्वहरुले जन्डिसका रोगीले खाएको खानेकुरा वा जुस पचाउन सहयोग गर्नुका साथै कलेजोलाई उचित रुपमा काम गर्न सहयोग पुर्याई बिरामीलाई जन्डिसबाट मुक्त हुन सहयोग पुयाउछ ।
एक गिलास उखुको जुस नियमित पिउनुहोस् । दुई सातामै सकरात्मक नतिजा आउँछ । जुस निकाल्नुअघि उखुलाई राम्रोसँग सफा गर्नुहोस् ।
तुलसी पत्ता
१० देखि १५ ओटा तुलसीका पात लिनुहोस् र यसको लेप बनाउनुहोस् । यसमा यसमा आधा गिलास ताजा जुस मिसाउनुहोस् । दुई देखि तीन साताभित्रै जन्डिसबाट मुक्त हुन सकिन्छ ।
ग्रोजबेरी
ग्रोजबेरीमा भिटामिन सी पर्याप्त पाइन्छ । जन्डिसको लक्षणहरु अन्त्य गर्न वा जन्डिस भइसकेपछि पनि यसबाट मुक्त पाउन यसले निकै सहयोग पुर्याउछ ।
तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
