एजेन्सी । दूधमा कयौँ प्रकारका पोषक तत्व पाइने गर्दछ। यदी हामी आफ्नो दिमागलाई चुस्त दुरुस्त बनाउन चाहन्छौँ भने हरेक दिन एक गिलास दूध पिउनु पर्दछ। यसो गर्दा हाम्रो दिमाग तिब्र चल्ने गर्दछ। साथै शरीरलाई पनि शक्ति प्राप्त हुने गर्दछ। त्यसैले दूध पिउनु शरीरका लागि आवश्यक छ। तर आज हामी तपाईलाई दूध पिउदा ध्यान दिनु पर्ने कुराका बारेमा बताउदैछौँ। यी केही कुरामा ध्यान नदिदा शरीरलाई फाइदा हुनुको साथ नोक्सान पुग्न सक्दछ।
दिनु पिउदा ध्यान दिनुहोस् यी कुरा
१) सबै व्यक्तिलाई यो सल्ला दिइएको छ की कालो दालसँग दूध पिउनु हुँदैन्, किनकी यो स्वास्थ्यका लागि राम्रो मानिदैन।
२) दूधसँगै दही पनि खानु हुँदैन। दुबै अलग अलग समयमा खादा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भने सँगै खादा नोक्सान पुर्याउन सक्छ।
३) मुला, जामुन, माछा आदीसँग पनि दूध पिउनु हुँदैन्। यी चीज दूधसँगै शरीरमा पस्दा नकारात्मक असर पर्ने गर्दछ। जसले छाला सम्बन्धी रोग आउन सक्छ।
४) दूधसँग नुन र करेला पनि खानु राम्रो मानिदैन्। यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
५) दूधसँगै तिल खानु पनि राम्रो मानिदैन्। यसले छाला सम्बन्धी समस्या आउन सक्छ।
६) दूध र कागती दुबै स्वास्थ्यका लागि फाइदाजनक हुने गर्दछ। तर दुबै एकै साथ खानु स्वास्थ्यका लागि हानीकारक हुने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
