तुलसी एक औषधिय गुण भएको जडिबुटि हो। जसको प्रयोगले विभिन्न प्रकारको रोगमा राहत प्राप्त हुन्छ । आयुर्वेदमा विशेष महत्वपूर्ण मानिने तुलसीको सेवन गर्भवति महिलाले गरेमा फाइदाजनक हुने विशेषज्ञहरुको भनाई छ। तुलसीको कुनैपनि साइडइफेक्ट नहुने हुँदा यो सबैभन्दा सुरक्षित तत्व पनि हो। गर्भावस्थामा यसको नियमित सेवनले संक्रमणको खतरा कम हुन्छ । तुलसीको पातमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ। त्यसबाहेक यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई पनि बढाउने र बलियो बनाउने काम गर्छ। जानौं गर्भावस्थामा तुलसी खानुको फाइदाबारे:
♦ विभिन्न अध्ययनका अनुसार तुलसीको पातमा रोगसँग लड्ने गुण हुन्छ। तुलसीको पातमा एन्टी ब्याक्टेरियल, एन्टी भाइरल र एन्टी फंगल गुण हुन्छ । जसले गर्भवति महिलालाई विभिन्न संक्रमणको खतराबाट जोगाउने काम गर्छ।
♦ तुलसीको पात म्याग्नेशियमको राम्रो स्रोत पनि मानिन्छ। जुन बच्चाको हड्डीको विकासको लागि राम्रो हुन्छ। यसमा पाइने म्याग्निजले टेन्शन कम गर्ने काम गर्छ।
♦ तुलसीको पातमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ। जसले आमा र गर्भमा रहेको शिशु दुवैलाई संक्रमणबाट जोगाउने काम गर्छ।
♦ तुलसीको पातमा पाईने भिटामिन ए गर्भमा हुर्कदै गरेको शिशुको विकासका लागि आवश्यक तत्व मानिन्छ।
♦ नियमित तुलसीको दुईटा पात खानाले शरीरमा रगतको कमी हुन दिँदैन। गर्भावस्थामा प्रायःजसो महिलालाई रक्त अल्पत्ताको समस्या हुने गर्छ । यस अवस्थामा महिलाले नियमित तुलसीको पात सेवन गर्नाले समस्याबाट राहत प्राप्त हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
