मोटोपना मानिसको लागी एउटा चिन्ताको बिषय हो । शरीरको तौल बढ्नुलाई रोगहरु निम्त्याउनु भन्ने पनि बुजिन्छ । मानिसहरु आफ्नो शरीरको तौल घताउनको लागी विभिन्न प्रकारका उपायहरु अपनाउने गर्छन् । खाना खान छोडेर डाइटिंगमा बस्ने गर्छन् । तर पनि आफ्नो तौल नघटेर मानिसलाई चिन्ता पर्ने गर्छ । तौल घताउनको लागी हामी विभिन्न फलफुलको जुसको प्रयोग गर्न सक्छौं । यी फलफुलमा पाइने भिटामीन र मिनेरल्सले हामोर शरीरमा लागेका अनावश्यक बोशोलाई काट्ने काम गर्छन् । जसले गर्दा हाम्रो तौल घट्ने गर्छ ।
तौल घटाउन मद्धत गर्ने जुसहरु यस प्रकार छन् :
१) अमलाको जुस : आमलाको दिन हरेक बिहान खाने गरेमा शरीरको लागी फाइदा हुने गर्छ । यसले हाम्रो पाचन पक्रियालाई मद्धत गर्नुको साथै हाम्रो शरीरमा रहेका बोशोलाई काटिरहन मद्धत गर्छ । यसले गर्दा अनावश्यक मासु शरीरमा लाग्न पाउदैन ।
२) गाँजरको जुस : गाँजरमा पाइने फाइबर तौल घटाउन मद्धत गर्ने तत्व हो । यस फाइबरले शरीरमा बोशोको मात्रा बढ्न दिदैन । हरेक दिन बिहान गाँजरको जुस पिउने गरेमा हामीलाई खाजा खाँदा मिल्ने जत्तिकै शक्ति प्राप्त हुन्छ ।
३) सुन्तलाको जुस : सुन्तलाको जुस शरीरमा क्यालोरी प्रतिस्थापनको रुपमा पनि प्रयोग गरिन्छ । शरीरमा शक्तिबर्धक तत्वको रुपमा काम गर्ने यस जुसले बोसो घटाउन ठूलो मद्दत गर्छ । शरीरलाई शक्ति प्रदान गर्ने र तौल पनि घटाउने यो बहुउपयोगी जुस हो ।
४) सलगमको जुस : तौल घटाउने अर्को महत्वूर्ण फल सलगम पनि हो । यसमा भएको पौष्टिक पदार्थले शरीरको बोसो काट्न सहयोग गर्छ । सलगमको जुसमा केही थोपा कागतीको रस, एक चिम्टी नुन र जिराको धूलो मिसाए अझै फलदायी हुन्छ ।
५) तरबुजाको जुस : तौल घटाउने सोचमा भएका व्यक्तिले नियमित व्यायम र कसरत गर्नै पर्ने हुन्छ । यस्तो बेला शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । शरीरलाई आवश्यक पानी फलमार्फत तरबुजाले दिनसक्छ । शरीरमा पानीको मात्रा पुरा गर्ने र अनावश्यक बोसो पनि काट्ने हुँदा तरबुजाको जुस तौल घटाउन प्रभावकारी हुन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
