एजेन्सी । शरीरका सबै अंग निकै राम्रो छ, तर तपाईको नाइटोको कालोपनाले तपाईको सुन्दरतामा केही कमी भएको महशुस बनाउने गर्दछ। तपाईले बजारमा यस्तो बस्तुको खोजी गरिरहनु भएको हुन्छ, जसले तपाईको नाइटोको कालोपना हटाउन सकोस्। त्यसमध्ये कुनैमा यस्तो केमिकल हुने गर्दछ, जसले तपाईको त्वचामा नकारात्मक असर पुर्याउन थाल्दछ। आज हामी तपाईलाई सरल घरेलु उपायका बारेमा जानकारी दिदैछौँ, जसले कुनै इन्फेक्सन बिना तपाईको नाइटोको कालोपना सजिलै हटाउने गर्दछ।
नाइटोको कालोपना हटाउने घरेलु उपाय
बेसनको पेस्ट
नाइटोको कालोपना हटाउने सबै भन्दा उपयोगी घरेलु उपाय बेसनको पेस्ट पनि हो।यसका लागि तपाई २ चम्चा बेसनमा एक चम्चा दही, कागती राख्नुहोस् । त्यसपछि यी सबैलाई एकसाथ मिलाएर पेस्ट बनाई नाइटोमा लगाउनुहोस्। १५ मिनेटपछि यसलाई तेलको मद्दतले सफा गर्नुहोस्। यसो गर्दा तपाईको नाइटो चम्कदार देखिन थाल्दछ।
मुलतानी माटो
मुलतानी मोटाबाट बनेको पेस्ट निकै राम्रो मानिन्छ। यसले केही दिनभित्रै तपाईको नाइटोको कालोपना हटाउन सहयोग पुग्ने गर्दछ। यसका लागि एक चम्चा मुलतानीको माटो लिनुहोस् । त्यसपछि त्यसमा बदामको तेल र कागती मिलाएर पेस्ट बनाउनुहोस्। यस पेस्टलाई नाइटोमा लगाएर ३० मिनेटपछि तेलले सफा गर्नुहोस्। यसो गर्दा तपाईको नाइटोको कालोपना केही दिनमै हट्नेछ।
उसुनेको आलु
उसुनेको आलुलाई साटो टुक्रा बनाए नाइटोमा घिसार्नुहोस्। त्यसपछि केही मिनेटमा यसलाई सफा गर्नुहोस् । यसले पनि तपाईको नाइटोको कालोपना हटाउने गर्दछ।
गुलाब जल र ग्लिसिरीन
गुलाब जल र ग्लिसिरीन मिलाएर राति सुत्ने समयमा नाइटोमा लगाउनुहोस्। त्यसपछि यसलाई बिहान उठेर पानीले सफा गर्नुहोस् । यसले २ हप्ताभित्र तपाईको नाइटोको कालोपना हटाउने गर्दछ।
मनतातो पानीले सफा गर्नुहोस्
तपाईले आफ्नो नाइटोलाई मनतातो पानीले सफा गर्नुभयो भने पनि तपाईको नाभि सफा हुने गर्दछ।
सरसौंको तेल
राति सुत्नुअघि नाइटोमा तेल लगाएर सुत्नुहोस् र बिहान उठेर यसलाई धुनुहोस्। यसो गर्दा तपाईको नाभि सफा हुनुका साथै कालोपना हट्ने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
