यस्ता व्यक्तिले नखानुहोस् मेवा, हुनसक्छ खतरा

एजेन्सी । मेवा सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदा जनक मानिने गरिन्छ। यसमा पाइने भिटामिनले हामीलाई कयौँ रोगबाट टाढा राख्न मद्दत गर्दछ। म्याग्निसिमय, प्रोटेसियम, नियासिन, प्रोटीन र प्राकृतिक फाइबारले भरपूर मेवाले हाम्रो पाचन क्षमतामा वृद्धि गर्न सहयोग गर्दछ। तर केही व्यक्तिले मेवा सेवन गर्दा फाइदा हैन खतरा हुने गर्दछ। आज हामी तपाईलाई कस्ता व्यक्तिले मेवा सेवन गर्न हुँदैन् भन्ने बारे जानकारी गराउँदैछौँ।

भर्गवती महिला
गर्भवती महिलाले मेवा सेवन गर्न हुँदैन्। खासगरीे काँचो मेवा सेवन गर्नु गर्भवती महिलाका लागि हानी कारक हुने गर्दछ। मेवा सेवन गर्दा गर्भपतन हुने सम्भावना अत्याधिक हुने गर्दछ। त्यसैले भर्गवती महिलाले मेवा सेवन नगर्नु राम्रो मानिन्छ।

Advertisement

उच्च रक्तचापका बिरामी
उच्च रक्तचापका बिरामीले पनि मेवा सेवन गर्नु हानिकारक हुने गर्दछ। जुन व्यक्तिले उच्च रक्तचापको औषधि सेवन गरिरहेको छ, त्यस्ता व्यक्तिले सेवा सेवन गर्न हुँदैन्। यस्ता व्यक्तिलाई मेवा फाइदाको साटो हानिकारण हुने गर्दछ।

मृगौलामा पत्थरी
मृगौलामा पत्थरीको समस्या भएका बिरामीले मेवा सेवन गर्न हुँदैन्। मेवामा भिटामिन सी एन्टीअक्सीडेन्ट भरपूर मात्रामा हुने भएकाले यसले मृगौलामा पत्थरीको खतरा झनै बढाउने गर्दछ।

छालामा समस्या
यदी तपाईको छालामा समस्या आएको छ वा घाउ भएको छ भने तपाईलाई क्यारोटेनेमिया नामक त्वचा रोगबाट पीडित हुन सक्नुहुनेछ। यसले आँखा, पैतला र हत्केलाको रंग पहेलो बनाउने गर्दछ। मेवामा बिटा क्यारोटिनको मात्रा पाइने भएकाले यस्ता बिरामीलाई एलर्जीको कारण बन्ने गर्दछ। यस्ता बिरामीले मेवा सेवन गर्दा छालामा नकारात्मक असर पर्ने गर्दछ।

स्तनपान गराउने महिला
बच्चालाई स्तनपान गराइरहेकी महिलाले मेवा सेवन गर्नु हुँदैन्। साथै बच्चालाई एक वर्षसम्म मेवा खुवाउनु हुँदैन्।

पेटमा खराबी भएका व्यक्ति
पेटमा खराबी हुने व्यक्तिले मेवा सेवन गर्नु हुँदैन्। त्यस्तै मुटुम्बन्धी समस्या भएका व्यक्तिले पनि मेवा सेवन गर्नु हानिकारक मानिन्छ।

More News last news
Loading...