एजेन्सी । अनियमित लाइफ स्टाइल तथा खानपानको गलत बानीको असर शरीरका साथै छालामा पनि पर्न जान्छ ।
यसले कम उमेरमा छालाको चमक कम हुन सक्छ। त्यसैले मुम्बईका डाइटिसियन डा. नेहा चाँदना डाइटमा हर्जल चिया सामेल गर्न सल्लाह दिन्छिन् ।
यसले छालाको गोरोपन बढाउनुका साथै अनुहारको चमकसमेत बढाउँछ । त्यसैले चिया पिउनुभन्दा पहिले यी कुरामा ध्यान दिन आवश्यक छः
ग्रिन टी : ग्रिन टी खाने हो भने छालाको रङ गोरो हुन्छ।
ब्ल्याक टी : यसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई बचाउने काम गर्छ । यसले छालाको चमक बढाउँछ ।
पुदिनाको चिया : यसमा मेन्थाल हुन्छ । यसले चेहरा गोरो बनाउन मद्दत गर्छ।
अदुवाको चिया : यसले छालाको चमक बढाउन मद्दत गर्छ । छालाका विभिन्न समस्याबाट बचाउँछ।
लेमन टी : यसमा एन्टिब्याक्टेरियल तथा एन्टिभाइरल हुन्छ । यसले चेहरालाई गोरो बनाउन मद्दत गर्छ।
जिराको चिया : यसमा एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डिफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
