नियमित खानुस् एक चम्चा मह, हुनेछन् यस्ता फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ। यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ। सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ।

महका फ्याट, कोलेस्ट्रोल र सोडियम हुनाले यसले रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा एन्टीसेप्टिक, एन्टीबायोटिक, भिटामिन बी १ र बी ६ भरपूर मात्रा हुन्छ। स्वास्थ्य र सुन्दरता दुवैका लागि लाभदायक हुन्छ। जाडोमा हुने ससाना समस्याबाट यसले बचाउँछ।

Advertisement

शहदमा भएको ग्लुकोजलाई शरीरले तत्कालै सोस्छ जसले गर्दा शरीरमा ऊर्जा कायम रहन्छ । अनि व्यायामअघि दुई चम्चा मह खाँदा थकान अनुभव हुँदैन । चिया वा कफी पिउँदा पनि चिनीको साटो मह खाने गर्नुस्।

दिनको दुई चम्चा मह खाँदा खोकी लाग्दैन। यसमा एन्टीमाइक्रोबियल गुण भएकाले गर्दा संक्रमण उत्पन्न गर्ने ब्याक्टेरियालाई सिध्याउँछ। महले रगतमा पोलिफोनिक एन्टीअक्सिडेन्टको स्तर बढाउँछ जसले गर्दा तपाईं मुटुरोगबाट बच्न सक्नुहुन्छ।

महबाट सेरोटोनिन रसायन निस्कने भएकाले मूड राम्रो रहन्छ । शरीरले यो सेरोटोनिन रसायनलाई मेलाटानिन रसायनमा परिवर्तन गर्छ। अनिद्राको समस्या छ भने राति सुत्नुअघि एक गिलास तातो दूधमा मह मिसाएर खानुभयो भने राम्रो निद्रा लाग्छ।

बिहान खाली पेट मनतातो पानीमा मह र कागतीको रस मिसाएरु पिउँदा स्वास्थ्यलाई राम्रो गर्छ।

दिनदिनै एक चम्चा मह तातोपानीमा हालेर पिउँदा रक्तचाप नियन्त्रणमा रहन्छ। महले भोकलाई नियन्त्रणमा राख्ने भएकाले तौल घटाउन सहायता गर्छ। राति सुत्नुअघि मह सेवन गर्दा बढी क्यालोरी डढ्छ।

जाडोमा महले अनुहारमा ३० मिनेटसम्म मसाज गर्नुहोस्। त्यसपछि मनतातो पानीले अनुहार सफा गर्नुस्। महले छालाका लागि प्राकृतिक मोइस्चराइजरको काम गर्छ। यसले छालामा आर्द्रता कायम राख्छ र डण्डीफोर, दाग र छाला सुक्खा हुने समस्या हटाउँछ। एजेन्सी

More News last news
Loading...