राम्रो कपालले मानिसलाई आकर्षक बनाउन सहयोग गर्छ । तर पछिल्लो समय मानिस कपाल झर्ने समस्याका कारण विभिन्न खालको औषधि गर्न बाध्य बनिरहेका छन्। कपाल झरि तालु नै देखिने भएपछि यसको रोकथामको लागि उपाय अपनाउन सकिन्छ। त्यसका लागि केही घरेलु उपायहरु समेत रहेको छ।
नुहाउनु अघि कपालमा तेल लगाउँदा कपाल बलियो हुन जान्छ र झर्ने समस्याबाट मुक्ति पाउन केही सहयोग गर्छ। त्यसका लागि यसो गर्नुहोस् ।
कुनै रङ प्रयोग गरेको कपाल छ भने बाक्लो र बढी मोस्चर भएको तेल प्रयोग गर्नुहोस्।
कपाल बढी नै सुक्खा छ भने नरम बनाउन सक्ने प्रकृतिको तेल हुनुपर्छ। यस्तो कपालमा नुहाउनुअघि नरिवलको तेलले मसाज गरेर तीन घन्टापछि पखाल्नु राम्रो हुन्छ।
कुनै पनि रङ प्रयोग नगरे पनि कसैको कपाल सामान्य अवस्थामै सुक्खा हुन्छ। यस्तो कपालमा जैतुनको या तोरीको तेलले मसाज गर्नु उपयुक्त हुन्छ । कपालको जरैदेखि भिज्ने गरी मसाज गरेर दुई घन्टापछि पखाल्नुपर्छ ।
सामान्य कपालमा पनि क्वालिटी मेन्टेन गर्न नुहाउनुअघि तेल मसाज गर्नु राम्रो हुन्छ । यस्तो कपालमा बदामको तेल उपयुक्त हुन्छ । मसाज गरेको दुई घन्टापछि पखाल्नुपर्छ ।
नुहाउनुअघि बढी मोस्चर भएको तेल राम्रोसँग तताएर मनतातो भएपछि लगाउनु उपयुक्त हुन्छ ।
नुहाएपछि लगाउने तेल ननस्टिकी मोस्चर कम भएको हुन जरुरी छ । यस्तो तेलले कपाल नरम राख्छ भने चिपचिप हुन दिँदैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
