काठमाडौं । पानी यस्तो प्राकृतिक स्रोत हो जसको प्रयोगबिना मानव जीवको कल्पना पनि गर्न सकिँदैन।
यसका लागि पानीलाई पृथ्वीको अमृत पनि भन्ने गरिन्छ। मानव शरीर पाँच तत्वबाट बनेको हुन्छ। पानी मानव शरीरका लागि अनिवार्य तथा आवश्यक तत्वमध्ये एक हो।
जसमा ७० प्रतिशत हिस्सा पानीबाट बनेको हुन्छ। यसका लागि मानिसले प्रत्येक दिन ७–८ गिलास पानी पिउनुपर्छ । यसले पाचन तन्त्र, कपाल एवं छाला स्वस्थ हुन्छ। पानी शरीरको बेकार पदार्थबाट बाहिर निकाल्छ र रगतलाई सफा राख्नको लागि समेत मद्दत गर्छ।
पिउने पानी राम्रो तथा ताजा हुन आवश्यक छ। बासी पानीले यस्तो जीवाणु पैदा हुन्छ जसले कफ र पित्त बढाउँछ । तर यसभन्दा पहिला पानी कस्तो स्थितिमा, कहिले र कसरी पिउन आवश्यक छ त्यसबारे जानकारी लिन जरुरी छ । केही यस्तो स्थिति र बिरामीमा पर्याप्त पानी पिउन आवश्यक छ।
जस्तो, कपाल झर्ने समस्या, पथरी ,तनाव, हैजा, पानी कम हुने रोग, अधिक गर्मी आदिमा पानी पर्याप्त मात्रामा पिउन आवश्यक छ।
पानी पिउने सही समय
२–३ गिलास पानी बिहान खाली पेट पिउँदा शरीरको अन्तरिक उर्जा सक्रिय हुन्छ। बिहान खाली पटमा पानीको मात्र आफ्नो शरीरको क्षमता अनुसार बढाउन वा घटाउन सकिन्छ। तर दुई गिलास पानी पिउने प्रयास गर्नुहोला।
एक गिलास पानी नुहाए पश्चात पिउँदा ब्लडप्रेसर नियन्त्रित रहन्छ। दुई गिलास पानी भोजनको आधा घण्टा पहिला पिउँदा फाइदा हुन्छ। आधा गिलास पानी सुत्नुभन्दा ठीक पहिला पिउँदा हर्ट अट्याकबाट बच्न सकिन्छ।
आजको अनियमित जीवनशैलीका कारण मानिस खानपानमा हेलचेक्र्याइँ गर्छन्। जसको घातक परिणाम शरीरले भोग्नुपर्छ। अधिकांश मानिसहरू हतारमा उभिएर पानी पिउछन्। जसले शरीरलाई हानी पुर्याउँछ।
उभिएर पानी पिउँदा यो सजिलै शरीरमा प्रवाह हुन्छ। ठूलो मात्रामा खाद्य नलिद्वारा तल्लो पेटको भित्तामा खस्छ । यसले पेटको भित्तोको छेउछाउमा क्षति पुग्छ। एक-दुई पटक यसरी पानी पिउँदा यस्तो लाग्दैन। तर लामो समयसम्म यसरी पानी पिउँदा पाचन तन्त्र, मुटु र किड्नीको समस्या देखिन जान्छ।
उभिएर पानी पिउँदा घुँडामा दबाब पर्छ । तसर्थ बसेर बिस्तारै पानी पिउनु आवश्यक छ। एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
