चिसो मौसममा शरीरको छालामा धेरै समस्या आउने गरेको छ। छाला सुख्खा भएर एलर्जी हुने समस्या हामी धेरैले सामना गरिरहेका हुन्छौं। चिकित्सकहरूका अनुसार छालामा हुने एलर्जी हटाउन यी केही घरेलु उपाय अपनाउन सकिन्छः
१. ओलिभ ओयल अथवा नरिवलको तेलः यदि तपाईंलाई छालामा एलर्जी भएको छ भने ओलिभ ओयल र नरिवलको तेलको प्रयोग एउटा राम्रो विकल्प हुनसक्छ। यो तेलले छालाको सुख्खापन हटाउनुको साथै नरम र कोमल बनाउँछ। एलर्जी भएको छालामा तेल लगाउँदा विस्तारै निको हुन्छ।
२. कागतीः कागतीले पनि छालाको एलर्जी कम गर्न सहयोग गर्छ। ताजा कागतीको रस निचोरी कपासको सहायताले एलर्जी भएको ठाउँमा लगाउने र सुकेपछि मनतातो पानीले धुने गर्न सकिन्छ। यो प्रक्रिया दिनको दुई चोटी गर्दा एलर्जीमा कमी आउँछ।
३. बेकिङ सोडाः एलर्जी प्रभावित छालामा बेकिङ सोडा र पानी मिसाइ पेस्ट बनाएर १० मिनेट जति यत्तिकै राख्ने। दिनको एकचोटी यो प्रकृया अपनाउँदा छालामा भएको एलर्जी र रातोपना पनि हट्छ। तर काटिएको घाउमा बेकिङ सोडा लगाउनु हुँदैन।
४. ओटमिलः ओटमिल त हामीले ब्रेकफास्टमा खाने गरेका छाँै तर यसले एलर्जी पनि हटाउँछ भन्ने धेरैलाई थाहा नहुन सक्छ। ओटमिलको पाउडर हालेको पानीले नुहाउँदा एलर्जीको समस्याबाट धेरै राहत मिल्छ।
५. तुलसीको पातः छाला चिलाएर हैरान हुनुुहुन्छ भने तुलसीको पातपनि प्रयोग गर्न सक्नुुहन्छ। तुलसीको पात टिपेर सफा पानीले पखाली एलर्जी भएको छालामा रगड्नुस् यसले तपाईंलाई एलर्जीबाट छुटकारा दिन्छ।
६. एलोभेराः हाम्रै घर आँगनमा रहेको एलोेभेराको प्रयोगले पनि छालामा हुने एलर्जी हटाउँछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
