हातको छाला जाने समस्या छ ? अपनाउनुहोस् यी घरेलु उपाय

एजेन्सी । प्राय मौसम परिवर्तनका समयमा मानिसमा स्किन पिलिंग अर्थात छाला जाने समस्या हुने गर्दछ। समयमै यसको ध्यान नराख्दा यसले भयानक रुप पनि लिन सक्दछ। हुनत छाला जाँदा हामीलाई दुखाई हुँदैन्, तर थोरै काम गर्दा समस्या हुने गर्दछ।

आज हामी तपाईलाई केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। जसले तपाईको छाला जाने समस्याका लागि राहत दिने गर्दछ।

Advertisement

मनतातो पानी

हरेक दिन मनतातो पानीमा १० मिनेटसम्म छाला गएको हात वा खुट्टालाई भिजाएर राख्नुहोस्। यदी तपाई चाहनुहुन्छ भने पानीमा थोरै कागती पनि राख्न सक्नुहुन्छ । यसो गर्दा तपाईको स्किन नरम हुने र छाला जान कम हुने गर्दछ।

भिटामिन ई युक्त तेल

छाला जाने समस्याबाट छुट्कारा पाउनका लागि भिटामिन ई युक्त तेलको प्रयोग गर्न सक्नुहुन्छ। यस तेलले हातलाई हरेक दिन मालिस गदा छाला जाने समस्याबाट छुट्कारा पाउन सक्नुहुनेछ।

एलोभेरा जल
हरेक दिन सुत्नुअघि हातमा एलोभेरा जलले मालिस गर्नुहोस् र बिहान उठेर मनतातो पानीले सफा गर्नुहोस्। यसो गर्दा तपाईको छाला नरम हुने गर्दछ।

More News last news
Loading...