कागतीले ठिक गर्छ घुँडा दुख्ने समस्या, यसरी गर्नुहोस् प्रयोग

आजकल धेरै मानिसलाई घुँडा दुख्ने समस्या छ । यसका लागि मानिसहरू अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन। यहाँ हामी घुँडा दुखाइ निको पार्ने घरेलु तरिका बताउँदैछौं जसको प्रयोगले स्वास्थ्यमा गडबडी हुँदैन र पीडाबाट पनि मुक्ति पाइन्छ।

पट्टी बनाउने तरिका:

Advertisement

– पीडाबाट छुटकारा पाउनका लागि रोल गरिएको सर्जिकल पट्टी, दुई चम्चा नरिवलको तेल र तीन कागती लिनुस् ।
– कागतीको बोक्रा निकालेर त्यसलाई झुरा पारेर हावा नछिर्ने भाँडोमा राख्नुस् ।
– अब यसमा नरिवलको तेल मिसाएर जारलाई दुई दिनसम्म बन्द गरेर राख्नुस् ।
– दुई दिनपछि यसलाई निकालेपछि पट्टीमा राखेर घुँडामा राम्ररी बाँध्नुस् । अनि रातभरि पीडा भएको ठाउँमा बाँध्नुभयो भने बिहानसम्ममा निको हुन्छ ।

दिनदिनै यो उपचार गर्दा तपाईंको पीडा केही दिनमै गायब हुन्छ । यस अतिरिक्त घुँडा सुन्नियो भने पनि सुन्निएको ठाउँमा कागती घोट्नुस् । निको हुन्छ। एजेन्सी

More News last news
Loading...