यी चीजको साथमा भूलेर पनि सेवन नगर्नुहोस् मह, विष समान हुन्छ

मह एक राम्रो आयुर्वेदिक औषधि हो। कयौँ रोगहरूको अचूक उपचारको रूपमा यसको प्रयोग गरिन्छ । यो भिटामिन ए, बी, सी, सोडियम, फोस्फोरस, आयोडिन, आइरन, क्याल्शियम, कपर, म्याग्नेशियम आदि खनिजहरू र पोषक तत्वहरूको भरिपूर्ण भण्डार हुन्छ । महको सेवन लाभदायक हुन्छ तर केही चीजको साथमा यसको सेवन स्वास्थ्यको लागि हानिकारक पनि हुन्छ । आयुर्वेदमा महको सेवनले यस कुरालाई पूर्ण निषेध गर्छ कि कुन चीजहरूको साथमा महको सेवन गर्नुहुँदैन अन्यथा यो स्वास्थ्यको लागि विषको रूपमा प्रतिक्रिया देखाउन थाल्छ । यसकारण कुन-कुन चीज महको साथमा सेवन गर्न हुँदैन, जसको बारे यहाँ चर्चा गरिएको छ।

१-मूलाको साथ मह

Advertisement

मह र मूला एकैसाथ खाने कोशिश कहिलै गर्नुहुँदैन । दुवैको सेवनमा लगभग एक घण्टाको अन्तर अवश्य राख्नुपर्दछ । वास्तवमा जब हामी मह र मूला एकैसाथै खान्छौँ तब शरीरमा टोक्सिन्सको निर्माण हुनथाल्छ । यसको कारणले शरीरको भागमा नोक्सान पुग्ने खतरा बढ्छ ।

२-तातो चीजको साथमा मह

महको प्रकृति गरम हुन्छ, यसकारण तातो चीजको साथमा यसको सेवन गर्नाले लूज मोशनको समस्या हुने खतरा बढ्छ । यसको साथै विभिन्न किसिमको स्वास्थ्य समस्याहरू पनि उत्पन्न हुन्छ ।

३-चियाको साथमा मह

बढीजसो मानिसको धारणा अनुसार, महको साथमा चिया या कफी सेवन गर्नाले रुघाखोकीको समस्याबाट आराम मिल्छ तर यसो हुँदैन । यसले शरीरको तापमानलाई अझ बढाउँछ, जसबाट तनाव, चिन्ता र निराशा बढ्छ ।

४- दूध र मह

दूध र महलाई एकैसाथ बराबर मात्रामा कहिलै सेवन गर्नुहुँदैन । दुवैको यस किसिमको संयोग विषको रूपमा काम गर्छ ।

५-तातो पानीको साथ मह

मह प्रायजसो तातो या मनतातो पानीको साथमा सेवन गर्ने सल्लाह दिने गरिन्छ तर यदि तपाई महको साथमा बढी तातो पानीको प्रयोग गर्नुहुन्छ भने यो नोक्सानदायक हुन्छ । यसबाट शरीरको तापमान बढ्छ र पेट खराब हुने जस्ता समस्या हुनसक्छ ।

६-घीउ या मक्खनको साथमा मह

घीउ या मक्खनको साथमा महको सेवन कहिलै गर्नुहुँदैन । यसले शरीरमा विषाक्त पदार्थको मात्रा बढाउँछ।

More News last news
Loading...