एजेन्सी । शरीरमा क्याल्सियमको मात्रा पूरा गर्नको लागि दुध पिउनु अत्यावश्यक छ। शरीरमा क्याल्सियमको कमि हुन नदिन हरेकलाई जन्मेदेखि नै दुध सेवन गराइन्छ। दूधले शरीरमा क्याल्सियमको मात्रा पूरा गर्छ र शरीरका हड्डीलाई मजबुत बनाइराख्न मद्दत गर्छ।
स्वस्थ शरीर र हड्डीको लागि हरेक दिन एक गिलास दूध पिउनु अत्यन्तै जरुरी भएको डाक्टरहरु बताउँछन् । सादा दूध पिउँदा शरीरलाई आवश्यक क्याल्सियमको मात्रा त पूरा हुन्छ तर यसमा गुँद मिसाएर खानुभयो भने यसले शरीरमा धेरै प्रकारको फाइदा पुर्याउँछ।
गुँदलाई अंग्रेजीमा Tragacanth Gum भनिन्छ । यो एक प्रकारको वनस्पति औषधि हो । यसको न कुनै स्वाद न कुनै गन्ध नै हुन्छ । स्वादहीन, गन्धहीन, चिपचिप र पानीमा घुल्ने खालको खैरो, पहेँलो र सेतो रङको हुन्छ । रुखबाट निस्किएको गुँदमा विविध प्रकारका पोषक तत्व पाइन्छ । यसलाई दूधमा मिसाएर खाँदा विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धि समस्या हट्ने गर्छ।
– यदि हरेक दिन दूधमा गुँद मिसाएर पिउने गर्नुहुन्छ भने तपाईको मानसिक र शारीरिक रुपमा लाभदायी हुनेछ । गुँदले शारीरिक र मानसिक दुवै प्रकारको थकानबाट राहत दिन्छ ।
– निद्रा नलाग्ने समस्याबाट छुटकारा पाउन हरेक रातिमा दूधमा गुँद मिसाएर पिउँने गर्नुपर्छ। यस्तो गर्दा सजिल्यै निन्द्रा लाग्ने र आनन्द महसुस हुन्छ।
-पाचन प्रक्रियामा गडबढी भएमा वा प्राचनप्रणाली तन्दुरुस्त राख्नको लागि गुँद मिसाएको दूध पिउँनु पर्छ । युसले कब्जियतको समस्याको पनि समाधान गर्छ।
-दूधमा क्याल्शियमका साथ साथै शरीरलाई आवश्यक पोषक तत्व पनि प्राप्त हुन्छ । भने गुँदमा रोग प्रतिरोधात्मक क्षमता बढाउने तत्व हुन्छ। यो दुवैको मिलाएर खाँदा शरीरलाई निकै फाइदाजनक हुन्छ।
– यदि तपाई तनाव नियन्त्रण गर्न सकिरहनुभएको छैन भने यसको लागि मन तातो पानीमा गुँद हालेर पिउनुभयो भने तपाईलाई आराम महसुस हुन्छ। यसका साथै यसले प्रजनन् क्षमतामा वृद्धि गर्नुका साथै शुक्रकिटको संख्यामा पनि वृद्धि गर्छ।
– गुँदमा प्रोटिन र फ्ल्यालिक एसिडको मात्रा धेरै हुन्छ । जसले शरिरमा भएको रगतको कमी हुन दिदैन।
-र, गुँद र मेहेन्दीको फूल पिसेर दूधमा मिसाएर लगाउँदा टाउको दुख्ने समस्या कम हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
