यी घरेलु विधि जसले गायब हुन्छ मृगौलाको पथरी

मृगौलामा पथरी हुने संभावना धेरैलाई हुन्छ। यस अंगमा स-सना कण बनेर एकअर्कामा जोडिएपछि पथरीको रुप लिन्छ। पथरी मृगौलामा एक वा त्यो भन्दा बढी हुनसक्छ। सामन्यतः यो एकदमै सानो आकारको हुन्छ, जो पिसाबमार्गबाट स्वतः वाहिर निस्कन्छ। तर, यसको अकार ठूलो भयो भने मुत्रमार्गमा रोकावट आउँछ। यसले गर्दा जलन, दुखाई वा रक्तश्राव हुनसक्छ।

किन हुन्छ ?

Advertisement

– खराब जीवनशैली, लामो समय घाममा बस्ने र शरीरमा पानीको अभाव, शारीरिक गतिविधिको अभाव, अधिक चिया-कफी सेवन, धेरै तारेको, भुटेको खानेकुरा, पिसाब धेरै समय रोक्ने जस्ता गल्तीले मृगौलामा पथरी हुनसक्छ।

कस्तो लक्षण देखिन्छ ?

– चक्कर आउनु, वान्ता हुनु, मूत्रमार्ग आसपास दुख्नु, लगातार पिसाब लागेको जस्तो हुनु, पिसाबसँगै रक्तश्राव हुनु।

के छ घरेलु उपचार ?

– एक गिलास पानीमा दुई चम्चा गाजरको बीज भिजाउने। यसलाई त्यसबेलासम्म उमाल्ने, जब घटेर आधा हुँदैन। दिनमा दुई पटक आधा-आधा कप यो पानी पिउनुपर्छ, मृगौलाको पथरी निस्कन्छ।

– एक कप पानीमा १०-१२ वटा तुलसीको पात १५ मिनेटसम्म उमाल्ने। यसमा एक चम्चा मह मिसाउने र दिनमा दुई पटक पिउने।

– ७० ग्राम राजमा चार लीटर पानीमा चार घण्टासम्म उमाल्ने । यसलाई सफा कपडाले छान्ने र आठ घण्टासम्म चिसो हुन दिने। यस पानीलाई दिनमा एक पटक पिउनुपर्छ।

More News last news
Loading...