खाना लगत्तै ब्रस गर्ने बानी छ ? आजैबाट छोड्नुहोस्

एजेन्सी । हाम्रा कतिपय यस्ता बानी हुन्छन्, जसले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पु¥याइरहेका हुन्छ। यस्ता साधारण बानीको ख्याल नगर्दा स्वास्थ्यमा गम्भिर समस्या समेत निम्तिने खतरा हुन्छ। त्यसैले यस्ता बानी परीवर्तन गर्नु नै राम्रो मानिन्छ। आज हामी आम मानिसले गर्ने केही गल्तिका बारेमा तपाईलाई जानकारी गराउँदै छौँ। यदी तपाईको पनि यस्तो बानी छ भने हाजैबाट हटाउनु उत्तम हुनेछ।

नगर्नुहोस् यी बानी

Advertisement

खाना लगत्तै ब्रस गर्ने बानी
खाना खाइसके लगत्तै दाँत ब्रस गर्ने धेरैको बानी हुन्छ। यसो गर्नु राम्रो मानिदैन्। खाना वित्तिकै ब्रस गर्दा दाँतको इनामेल खराब भई दाँत सड्ने तथा टुट्ने र बिग्रिने जोखिम हुन्छ।

राति अबेरसम्म जागै रहनु
पर्याप्त मात्रामा नसुत्नु र रातमा अबेरसम्म जागै रहने गर्नाले डिप्रेसन, मोटोपना, तनाव, एसिडिटी, अपच जस्ता समस्या पैदा हुन सक्दछन्।

सधै बोतलबन्द तथा मिनिरल वाटर पिउनु
रसायनिक ट्रिटमेन्ट गरी शुद्धिकरण गरिएको तथा रिभर्स अस्मोसिस पद्धतिद्वारा डिमिनिरलाइज्ड गरी बोतलमा बन्द गरिएको पानीमात्र पिउनाले पानीबाट प्राप्त हुनुपर्ने कयौ लवणहरु शरीरमा प्राप्त हुन सक्दैन। जसका कारण विभिन्न खाले रोग लाग्दछ।

नङ टोक्नु
अवचेतन रुपमा मुखभित्र औँला छिराएर नङ टोकिरहने बानी धेरैको हुन्छ। यसो गर्दा नङभित्रको फोहोर पदार्थ मुखमा पुग्दछ जसका कारण विभिन्न खाले रोगको संक्रमण हुनसक्दछ। साथै यसले दाँत र नङमा पनि नोक्सान पु¥याउँछ।

धेरै एन्टिबायोटिक तथा पेनकिलर औषधिको प्रयोग
डाक्टरको सल्लाह बिनै धेरै एन्टिबायोटिक तथा पेन किलर औषधिको सेवन गर्नाले शरीरमा प्रतिरोध विकास हुन्छ। जसका कारण भविष्यमा एन्टिबायोटिक औषधिले नै काम नगर्ने हुनसक्छ।

More News last news
Loading...