एजेन्सी । हामी आफ्नो सौन्दर्यलाई लिएर निकै चिन्तित हुने गर्दछौँ। सुन्दर बन्ने चक्करमा हामीले विभिन्न केमिकल युक्त सामानको प्रयोग गरिरहेका हुन्छौँ। तर सुन्दर बन्ने चक्करमा हामीले उल्टै सुन्दरता गुमाइरहेका हुन हुन्छौँ। आज हामी तपाईलाई अनुहारको सुन्दरतामा निर्खाता ल्याउने केही खाने कुराका बारेमा जानकारी दिदैछौँ।
सुन्दर छालाका लागि खानुहोस् यी खानेकुरा
मेथी
मेथीको सेवनले पेट सफा रहन्छ, जसले गर्दा छाला स्वस्थ र चम्किलो देखिन्छ । मेथीको सेवनले छालाका रोगहरु लाग्ने सम्भावना समेत कम हुने गर्दछ।
मुला
मुलाको तरकारी खाने वा मुलाको रस पिउने गर्दा रगत शुद्ध हुन्छ र डण्डीफोर आउँदैन । एक महीनासम्म लगातार मुला खानाले डण्डीफोरका दाग,धब्बाहरु कम हुन्छन्। मुला काटेर डण्डीफोरमा लगाउदा डण्डीफोर समेत हटेर जाने गर्दछन्।
लसुन
एन्टी अक्सिडेन्ट गुणयुक्त लसुन खानाले छाला शुन्दर देखिन्छ। नियमि लसुनको सेवनले तपाईंको र तपाईंको छालाको आयू लामो हुन्छ र छाला जवान देखिन्छ ।
टमाटर
भिटामिन ए र सीबाट भरपूर टमाटरको सेवन गर्दा डण्डीफोर आउँदैन र छाला स्वस्थ रहन्छ । टमाटरको नियमित सेवनले छालामा चमक आउँछ ।
अंगुर
नेचुरल स्किन गार्ड अंगुरको सेवनले घामको प्रभावबाट छालालाई जोगाउँछ। अंगुरको सेवनले छालाको चाउरीपन कम हुन्छ । यसबा लामो समयसम्म छाला जवान देखिन्छ ।
कागति
कागतिको सेवनले भिटामिन सीको पूर्ति हुन्छ । यसबाट छाला स्वस्थ बनिरहन्छ।
अनुहारमा कागतिको रस लगाउँदा डण्डीफोरका दागहरु हटेर जान्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
