सुत्नुअघि पैतलाको मालिश गर्नुहोस्, आफै देख्नुहुनेछ चमत्कार

मानिसहरू अनुहारको स्याहार त खुबै गर्छन् तर गोडालाई खासै वास्ता गर्दैनन् । दिनभरि हामी जसको सहारामा उभिन्छौं, ती गोडाहरूलाई हामीले हेरचाह गर्नु जरूरी छ।

हाम्रा पैतलामा शरीरका धेरै भागहरूसम्म पुग्ने विन्दुहरू छन्। यी विन्दुमा राति मालिश गर्दा शरीरलाई धेरै स्वास्थ्यलाभ हुन्छ। यहाँ हामी राति मालिश गर्दा के के फाइदा हुन्छन् भनी बताउँछौं।

Advertisement

मेटाबोलिजम
सुत्नुअघि पैतलामा मज्जाले १५ मिनेट मालिश गर्नुभएमा शरीरको मेटाबोलिजम ठीक रहन्छ।

तौल घटाउन
आजकल तौल बढेर धेरै मानिसहरू समस्यामा पर्ने गरेका छन् । राति पैतलामा मसाज गर्दा तौल घट्छ अनि बोसो पनि कम हुन्छ।

तनाव घटाउन
दिनभरि कामको बोझले थकान र तनाव आउन सक्छ । यसबाट बच्नका लागि पैतलाको मालिश गर्नुस् । शरीरले आराम अनुभव गर्छ र राम्रो निद्रा लाग्छ।

रक्तचाप नियन्त्रण
उच्च रक्तचापको समस्या भएकाहरूका लागि मालिश वरदान नै हो । राति सुत्नुअघि नरिवल वा बदामको तेलले पैतलाको मालिश गर्नुस्।

सम्भोगमा सहयोगी
पैतलामा मालिश गर्दा तपाईंको सेक्स लाइफ पनि गजबको हुन्छ। एजेन्सी

More News last news
Loading...