एजेन्सी । मोटोपनको समस्याबाट छुटकारा पाउने धेरैको चाहना हुन्छ। यसैको समाधानका लागि कोही जिम धाइरहेका छन त कोहीले योग सुरु गरेका छन्। मोटोपना कम गर्नका लागि धेरैले त झन खानामा समेत कटौती गरेका हुन्छ। यसरी खाना कटौती गर्दा शरीरलाई आवश्यक पर्ने पौष्टिक आहार कम हुँदा विभिन्न स्वास्थ्य समस्या देखिन सक्दछ। त्यसैले यो बारेमा विशेष ध्यान दिनु राम्रो मानिन्छ। आज हामी तपाईलाई आयुर्वेदिन डाक्टर अबरार मुल्तातीले तौल घटाउन उल्लेख गरेका केही कुराको जानकारी गराउदैछौँ।
उनले बताएको डाइट प्लानका अनुसार १ दिनमा १ केजी वजन कम गर्न सकिने दाबी गरिएको छ। उनले बताएको डाइट एक हाइ प्रोटीन र लो कार्बडाइटको हो। जसले शरीरलाई बढी भएको फ्याटलाई पचाएर तिब्र रुपमा वजन गर्न सहयोग गर्दछ। उनले उक्त डाइट योजनालाई किटो डाइट नाम दिएका छन्। यसले शरीरमा कार्बोहाइड्रेडको मात्रा रोक्न तथा प्रोटीनको मात्रा बढाउन सहयोग गर्दछ।
अप्नाउनुहो यो उपाय
ब्रेकफास्ट : ब्रेकफास्टमा तपाईले ११५ ग्राम पनिर लिनुहोस्। काँचो पनिरमा नुन र मरिच राख्न सक्नुहुनेछ।
लन्च : लन्चमा करीब ६६० ग्राम मटन खानुहोस् । मटन उमालेर पकाएको हुनु पर्दछ। जसमा तेलको प्रयोग नगर्नुहोस्। तर नुन, मरिच र कागती भने प्रयोग गर्न सक्नुहुनेछ।
बेलुकी : बेलुकी पनि बिहान जस्तै ११५ ग्राम पनिर लिनुहोस् ।
बेलुकी डिनर : बेलुकीको डिनरमा पनि ६६० ग्राम मटन लिनुहोस्।
यो कुरामा ध्यान राख्नुहोस्
२४ घण्टामा १ देखि साढे १ केजी वजन कम हुँदा कमजोरी महशुस हुन सक्दछ। ज्यादा प्रोटिन लिदा यसले शरीरमा कुनै असर देखायो भने यो योजना एक दिनभन्दा बढी नगर्नु राम्रो हुन्छ। यदी यसले शरीरमा कुनै असर दखाएन भने तपाईले आवश्यकता अनुसार वजन घटाउन सक्नुहुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
