सावधान ! मसालेदार खानापछि पानी पिउनु खतरनाक

हाम्रो खानेकुराको स्वाद मसलामा निर्भर गर्छ । मसलाको स्वाद र त्यसको सुगन्ध धेरैलाई मन पर्छ । तर कहिलेकाही यस्तो हुन्छ कि मसलाको गलत प्रयोगले स्वाद र स्वास्थ्य दुवै बिग्रिन्छ । केही अध्ययनका अनुसार मसालेदार खानापछि पानी पिउनु निकै हानीकारक देखिएको छ ।

केही मसलाहरुमा क्याप्साइसिन भन्ने तत्व हुन्छ जसले पिरो स्वाद बनाउँछ । यो तत्व पानीमा घुलनशील हुँदैन अर्थात पिरो भएमा पानी पिउनुको खासै अर्थ रहँदैन किनकि पिरो बनाउने तत्व पानीमा घुल्दैन।

Advertisement

जसका कारण पानीले पिरो बनाउने क्याप्साइसिनलाई मुखको अन्य स्थानमा फैलाइदिन्छ । जसले पिरोको असर झनै बढाउँछ। जसका कारण हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्छ। पिरो कम गर्नको लागि क्याप्साइसिन घुल्ने किसिमका खाद्यपदार्थ उचित हुन्छन् । जस्तै दूध वा डेरीजन्य अन्य उत्पादनमा क्याप्साइसिन घुल्ने हुँदा यी चिजहरुले पिरो कम गर्न सघाउ पु¥याउँछन्।

More News last news
Loading...