एजेन्सी । जो कोहि मानिसहरु आफ्नो अनुहार चम्किलो र मुलायम बनाउन चाहन्छन् । गर्मी महिनामा पसीना र घामले गर्दा अनुहार बिग्रन सक्छ जसका कराण चिल्लो एवम् कालो हुने गर्दछ।
यसरी चमक ल्याउन सकिन्छ अनुहारमा
१) बेसनमा बेसार र चन्दन मिसाएर छालामा दल्ने गर्नाले छाला सफा र चम्किलो बन्दै जान्छ।
२) अनुहारमा घ्यूकुमारी दल्नाले डन्डीफोर, चिलाउने, छाला सुन्निने, छाला फुस्रो हुने आदि समस्या पनि कम हुन्छ । साथै घ्यूकुमारी लगाउनाले छालामा रहेका दाग बिस्तारै हराउँदै जान्छ।
३) छालामा रहेका टक्सिनलाई नीमले हटाउने गर्छ। साथै डन्डीफोरलाई पनि हटाउँछ।
४) यदि तपाईको छाला घामले डढेको छ भने एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाब जल मिलाएर घामले डढेको ठाउँमा लगाउनुहोला। छाला नरम र गोरो हुँदै जान्छ।
५) घामका कारणले कालो भएको अनुहारमा निखार ल्याउन कागती र मोही मिलाएर लगाउने गर्नुपर्छ।
६) स्याउलाई पिसेर अनुहारमा लेप गरेर आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेमा छालाको चिल्लोपना हटाएर अनुहार चम्किलो हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
