चाउचाउ खान मनपराउनुहुन्छ ? सावधान ! चाउचाउले निम्त्याउँछ यस्ता खतरनाक रोग

काठमाडौँ । चाउचाउ नेपालमा सबैभन्दा लोकप्रियमा पर्छ। छिटोछरितो र स्वादिलो हुने हुँदा हामी मध्ये धेरैले चाउचाउ खान रुचाउँछौँ। बच्चालाई मात्र होइन जवान र बृद्धहरुसम्म पनि चाउचाउ मन पराउँछन्। तर यही लोकप्रिय खाजा चाउचाउ स्वास्थ्यका लागि भने राम्रो हुँदैन भन्ने कुरा थाहा नहुन सक्छ। वुमन्स हेल्थमा प्रकाशित शोधका अनुसार चाउचाउको नियमित सेवनले हामीलाई विभिन्न प्रकारका रोग निम्तिने खतरा हुन्छ।

यो शोधका अनुसन्धानकर्ताहरुले चाउचाउले मानिसहरुका मधुमेह, मुटु सम्बन्धी रोग र मस्तिस्क घात जस्ता खतरा हुने बताएका छन्। चाउचाउले कार्डियोमेटाबोलिक सिन्ड्रोम नामक अवस्था पैदा हुने र यसले मुटुमा विभिन्न समस्या पैदा गर्ने शोधकर्ताहरुको भनाइ छ। चाउचाउका कारण पाचनप्रणालीमा समेत समस्या हुने समेत बताइएको छ।

Advertisement

हप्तामा २ पटक चाउचाउ खानेलाई पाचन प्रणालीमा समस्या आउने खतरा ६८ प्रतिशत हुन्छ। भेलोर विश्वविद्यालयका शोधकर्ताहरुले सन् सन् २००७ देखि २००९ सम्म महिलाहरुमाथि यो अध्यन गरेका थिए। चाउचाउमा हुने क्यालोरी, रिफाइण्ड कार्बोहाइड्रेट्, स्यचुरेटेड फ्याट् र सोडियमको उच्च मात्राले महिलाहरुलाई धेरै नै घाटा गर्ने उल्लेख छ। एजेन्सी

More News last news
Loading...