यसरी घरमै बनाउनुस् स्वादिष्ट गाजरको हलुवा (विधिसहित)

गाजरको हलुवा खान कसलाई मन नलाग्दो हो ? जाडोमा त घरमै बसेर गाजरको हलुवा खान मज्जा आउँछ। यहाँ हामी गाजरको हलुवा बनाउने सजिलो उपाय बताउँछौं।

सामग्री
पाँचवटा गाजर
एक कप दूध
आधा कप चिनी
आधा कप खुवा
सातवटा बदाम
आठवटा किसमिस
आठवटा काजु
पाँचवटा पिस्ता
पाँचवटा पिँधिएको अलैंची

Advertisement

विधि
गाजर खुर्केर धुनुस् र कोर्नुस् ।

एउटा कराही आगोमा राख्नुस् । त्यसमा दूध हालेर कोरिएको गाजर राखेर मधुरो आगोमा पकाउनुस् ।

दूध र गाजरलाई ठूलो चम्चाले हल्लाइरहनुस् ।

गाजरको पानी सुकेर दूध गाढा भएपछि मज्जाले मिसिन्छ । त्यसपछि गाजरमा चिनी र घिउ हालेर मज्जाले मिसाउनुस् ।

गाजर पाकेर सबै पानी सुकेपछि खुवा मिसाएर चलाउनुस् ।

हलुवामा बदाम, किसमिस, काजु, पिस्ता र अलैंची हाल्नुस् र एकछिन अझै पकाउनुस् ।

आगो बन्द गर्नुस् ।

स्वादिलो गाजरको हलुवा तयार भयो । तात्तातो पस्किनुस्।

More News last news
Loading...