बुढौली नहुँदै छाला खुकुलो भयो ? यी उपाय अप्नाउनुहोस्

महिला तथा युवतीलाई भद्दा शरीर वा भनौ खुकलो ज्यान मन पर्ने करै भएन । उनीहरुको चाहना कसरी परफेक्ट फिगर मेनटेन गर्नेहोला भन्नेमा केन्द्रीत रहन्छ । तपाईं पनि आफ्नो फिगर मनेटेन गरेर जिउमा भएको अनावश्यक बोसो हाटउने बिचारमा हुनुहुन्छ भने यो एकदमै राम्रो सोँच हो । जसलेगर्दा तपाई आकर्षक र स्वस्थ्य समेत देखिनु हुनेछ ।

शरीरमा भएको अनावश्यक तौल घटेपछि तपाईंको छाला खुकलो हुनसक्छ । तर आत्ति हाल्नु पर्दैन । हमीले जानकारी गराउन खोजेको उपाय अपनाउनुहोस् र आफ्नो खुकुलो तथा भद्दा र चाउरी परेको पेटलाई पुन पहिलाकै जस्तै आकारमा पाउनुहुनेछ । अर्थात् तल उल्लेखित उपायको मद्धतले शरीरको तौल कम भएका कारणबाट छालामा देखीएको खुकुलोपना हटेर नयाँ कसिलो हुनेछ ।

Advertisement

१. स्क्रब अर्थात हल्का मालिस गर्नुहोस् । आफ्नो छाला खुकुलो भएको अनुभव गर्नु भएको छभने स्क्रब गर्ने बानी बसाल्नुहोस् । स्क्रबले तपाईको छालामा कसिलोपना ल्यनउन मद्धत पुर्याउछ । यसका लागि कस्मेटिक स्क्रब नै गर्नुपर्छ भन्ने होइन । फुर्सदको समयमा आफ्नो खुकुलो छालालाई स्क्रब्को सहायताले रगडन सक्नुहुन्छ । यसले खुकुलो छाला ठीक हनेछ । स्क्रबले छालामा रक्त प्रवाह बढाउनुका साथै चमक पनि ल्याउँछ ।

२. मसाज गर्नुहोस्र । छालालाई कसिलो तथा चमकिलो बनाई राख्न मसाज पनि उपयुक्त उपाय हो । मसाज केन्द्रमै गएर मसाज गराउनुपर्छ भन्ने होइन । तपाईले घरमै पनि मसाज गर्नसक्नु हुन्छ ।

३. स्पा जाने गर्नुहोस् । तर उक्त स्पामा छालामा कसिलोपना ल्यानका लागि के के उपचारको व्यवस्था उपलव्ध छ । रेप्स, मास्क, कस्टमाइज बाथ लगायतका स्पाले छाला कसिलो बनाउन मद्धत पुर्याउँछ ।

४. कोलेजन क्रीमको प्रयोग गर्नुहोस् । शरीरका कुनैपनि भागमा कोलेजन क्रिमको प्रयोग गर्न सक्नुहुन्छ । यसले छाला टाइट पार्न मद्धत पुर्याउँछ । तर कोलोजन क्रीम प्रयोग गर्नुपुर्व छाला बिशेषज्ञको सल्लाह अवस्य लिनुहुन अनुरोध छ ।

५. पानी धेरै पिउने गर्नुहोस् । पानी पिउनाले छाला कसिलो तथा चमकिलो हुन्छ । पानीको प्रयोगले तपाईको शरीरमा डिहाईड्रेशन हुँदैन र छालामा नयाँपना अर्थात चमक ल्याउँछ ।

६. फलफुल तथा हरियो साग सव्जिको प्रयोग धेरै गर्नुहोस् । एकै पटकमा हत्तीले भोजन गरे जसरी नखानुहोस् । बरु थोरै थोरै गरि बेलाबेलामा खानुहोस् । पच्न सजिलो हुने खानाको सेवनले छालामा चमक तथा कसिलोपना आउँछ ।

७. घामबाट बच्नुहोस् । छाला खुकलो हुनु वा छालाको चमक हराउनुमा घामको पनि मुख्य भुमिका रहन्छ । सक्नु हुन्छ भने मध्य दिनको घाममा घर बाहिर नजानुहोस् । गएपनि सनस्क्रीमको प्रयोगगर्न कहिल्यै नबिर्सिनु होस् ।

८. तातो पानीले ननुहाउनुहोस् । तातो पानीले तपाईको छालालाई खस्रो बनाउने हुनाले नुहाउन वा अनुहार सफागर्न तातो पानीको प्रयोग नगर्नुहोस् ।

९. योग तथा व्यायाम गर्ने गर्नुहोस् । नियमित योग तथा व्यायाम गर्नाले छालालाई कसिलो बनाई राख्छ । पेट तथा श्वांस संबन्धित योग गर्नाले खुकुलो छाला कसिलो पार्न मद्धत पुर्याउँछ ।

१०. जिममा ट्रेनरको सहयोग लिनुहोस् । आफ्नो खुकुलो छालाका बारेमा जिम ट्रेनरलाई जानकारी गराउनुहोस् । अनि ट्रेनरले दिएको सुझाव पालन गरेको खण्डमा तपाईको छाला कसिलो गर्नमा अवस्यपनि मद्धत पुग्नेछ।

More News last news
Loading...