तौल कम गर्न चाहनुहुन्छ ? यी उपाय अप्नाउनुहोस्

एजेन्सी । शरीरमा अतिरिक्त क्यारोली जम्मा भएपछि मोटोपन एवं तौल बढ्छ । हामीले खाएको खानेकुरा नै यसको स्रोत हो । यद्यपी खानेकुरा खाएर मात्र क्यालोरी बढी हुने होइन । खानेकुरा खाए अनुरुप शारीरिक सक्रियता नहुँदा अतिरिक्त क्यालोरी जम्मा हुन्छ। हामीले केही साना साना कुरामा ध्यान दियौँ भने सजिलै तौल बढाउन सक्छौँ । आज हामी तपाईलाई तौल घटाउने केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ ।

तौल कम गर्न अप्नाउनुहोस् यी घरेलु उपाय

Advertisement

एकसाथ धेरै खानेकुरा सेवन नगरौँ।

राती अबेरसम्म बसेर खाने बानी हटाऔ।

बोसोयुक्त, मसलेदार, तारेको, भुटेको खानेकुरा बन्देज गरौ ।

सकेसम्म उसिनेको वा उमालेको खानेकुरामा जोड दिनुपर्छ ।

सलाद, सुप र फलफूललाई आफ्नो डाइटमा सामेल गरौ ।

शारीरिक रुपमा सक्रिय हुनुपर्छ । एकै स्थानमा लामो समयसम्म बस्ने, सुत्ने नगरौ।

नियमित व्यायाम गरौ । योग गरौ ।

छोटो दुरी पार गर्नुछ भने गाडी, मोटरसाइकल प्रयोग नगरौ । पैदल हिँडौ ।

घर वा कार्यलयको सानोतिनो शारीरिक काम आफै गरौ ।

बिहान दौडने वा छिटो छिटो पैदल हिँड्ने गरौ ।

राती चाडै सुत्ने र बिहान चाडै उठ्ने अभ्यास गरौ ।

सुत्ने र उठ्ने तालिका नियमित गरौ ।

कम्तीमा सात घण्टा मस्त सुत्ने गरौ।

More News last news
Loading...