गर्मी समयमा अनुहारमा आलुको रस लगाउनाले धेरै फाइदाजनक हुन्छ। यसले अनुहारका बिबिराबाट मुक्ति दिनुका साथै छालालाई गोरो अनि चम्किलो बनाउने काम गर्छ।
यसलाई प्रयोग गर्ने विधि पनि एकदमै सजिलो छ। यसका लागि आलुलाई कुटेर त्यसको रस निकालेर अनुहारमा लगाउनुपर्छ।
आलुलाई कुटेर त्यसको बाक्लो रसलाई अनुहारमा लगाई पाँचदेखि दश मिनेटसम्म राख्नुहोस् र यसलाई सफा पानीले धुनुहोस्। यसले छालाका दागहरु हराउनुको साथै छाला सफा हुन्छ।
कसैको अनुहारको छाला दुई रंगको हुन्छ निधार र नाक कालो देखिन्छ भने बाँकी अनुहार गोरो । यस्तो अनुहारमा आलुको रस लगाउनुभयो भने छालाको रंग समान हुन्छ।
आलुको रसमा कपासमा चोपेर आखाँमाथि राख्ने गर्नाले आँखा वरिपरीको कालो भाग पनि हराएर जान्छ । यसका लागि कपासलाई करिब पाँच मिनेट आँखामाथि राख्नुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
