निद्रामा घुर्ने बानी छ ? सावधान ! हार्ट अट्याक होला

एजेन्सी । धेरैको सोचाइ के छ भने उमेर पुगेपछि मुटु रोगको जोखिम बढ्छ भन्ने लाग्छ। तर त्यस्तो होइन। युवाअवस्थामा पनि यसको जोखिम रहन्छ। विशेषगरी खानपानमा ध्यान नदिदा मुटुको संक्रमण हुने गर्दछ। आज हामी मुटु खराब हुने केही गल्तीका बारेमा जानकारी दिदै छौँ।

यी हुन मुटु बिगार्ने काम
निद्रामा घुर्ने मान्छेलाई सास फेर्न समस्या हुनाले मुटुमा दबाब पर्छ र हार्ट अट्याकको सम्भावना बढाउँछ।

Advertisement

चर्को नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पु¥याउछ र मुटुमा असर पुग्छ।

चुरोट पिउँदा पनि रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्छ र मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ।

धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन्।

धेरै तनाव लिँदा रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ।

शारीरिक काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ, रगत राम्ररी बग्न नपाएर मुटुमा समस्या देखिन्छ।

धेर खाँदा रक्तनलीमा बोसो जम्छ जसका कारण उच्च रक्तचाप हुन पुग्छ र मुटुरोग निम्त्याउँछ।

राति ढिलोसम्म जागै बस्ने, अधुरो निद्रा हुने अवस्थामा पनि तनाव, उच्च रक्तचाप लगायतका समस्या आउँछन् र मुटुलाई बिगार्छन्।

दाँत र गिजाको समस्याले पनि मुटुरोग बढाउने कुरा धेरै अनुसन्धानले पत्ता लगाएका छन्।

जंक फूड तथा चिल्लो खानेकुराले पनि रक्तप्रवाहमा बाधा पु¥याएर मुटुमा समस्या ल्याउँछन्।

More News last news
Loading...