काठमाडौं । आलु चप भन्ने बित्तिकै धेरैको मुख रसाउँछ होला । आलु चप कम लागत र समयमा तयार गर्न सकिने परिकार हो।
शाकाहारीहरुको लागि यो परिकार अझ उत्तम हुन्छ। बाहिर किनेर खाँदा तेलको गुणस्तर कम हुने, बासी हुन सक्ने हुँदा, यसलाई घरमै सजिलो तरिकाले बनाएर ताजा नै खान सकिन्छ। आलु चप बनाउन धनियाँको पात र दाना, रातो र हरियो खुर्सानी, प्याज, नुन, जिरा, बेसार, अदुवा, बिरे नुन, रातो खुर्सानीको धुलो, आलु, बेसन र तेल आवश्यक पर्छ।
आलु चप बनाउने तरिका :
बेसनमा पानी हालेर मुछ्ने। अर्को भाँडामा उसिनेको आलुलाई हातले मुछ्ने। जिरा र धनियाँको दानालाई भुटेर पिस्ने। मुछेको आलुमा नुन, खुर्सानी, लगायत सबै मसला राख्ने र मिक्स गर्ने। आलुलाई थोरै थोरै लिएर गोलो आकारको बनाउँदै जाने। त्यसपछि पालै पालो बेसनमा चोब्दै फ्राई गर्ने। रातो रातो भएपछि झिक्ने । यसरी बन्छ आलु चप।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
