काठमाडौं । मानिसहरु अक्सर रेष्टुरेन्टमा आफूलाई मन परेको परिकार खान जाने गर्छन्। सबै रेष्टुरेन्टका खाना स्वास्थ्यका हिसाबले योग्य नहुन सक्छन्।
यसर्थ घरमै हरेक परिकार बनाएर खान सकिन्छ। माछा पकाउन सबैभन्दा पहिले आवश्यक सामाग्रीहरु जुटाउने। आवश्यक सामग्रीहरुमा माछा, अण्डा, टुक्रा पारेको कागती, नुन, बेसार, लसुन अदुवाको पेष्ट, पानी राखेर पिसेको खुर्सानी, पानी, मैदा, काँचो तोरीको पेष्ट, तिल, जिराको धूलो, खुर्सानीको धूलो र तेल रहेका छन्।
पकाउने तरिका
माछालाई स्लाइस बनाएर काट्ने अण्डा फुटाउने र त्यसमा एक चम्चा चिलि पेष्ट, आधा चम्चा खुर्सानीको धूलो, जिरा पाउडर, लसुन अदुवाको पेष्ट, बेसार, तिल, नुन, तोरीको पेष्ट, २ चम्चा मैदा, कागतीको रस, र पानी राखी राम्ररी मिक्स गर्ने काटेको माछालाई मसलामा डुबाउने र केही बेरसम्म डुबाउने त्यसपछि तातो तेलमा माछालाई राम्ररी पल्टाइ-पल्टाइ फ्राइ गर्ने,फ्राइ गरिसकेपछि तेल तैरने पेपर, कपडा वा भाँडोमा उक्त माछालाई राख्न यसरी स्वादिलो माछा तयार गर्न सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
