छालासम्बन्धि धेरै समस्या देखिने गरेका छन्। छाला फुस्रो हुने, चिलाउने, हात गोडा फुट्ने, छालाको पत्र निस्कने, अनुहारमा चाया पोतो आउने जस्ता समस्याले गर्दा धेरैलाई सताएको हुने गर्दछ। हामी यी समस्या समाधानका लागि केही उपायका बारेमा जानकारी दिदैछौँ।
तल दिइएको विधीमध्ये कुनै एक अपनाउन सकिन्छ । आफूसँग उपलब्ध सामाग्रीलाई उपयोग गरेर क्रिम बनाउन सकिन्छ ।
१. एक चम्चा बेसन, एक चम्चा क्रिम, एक चुट्की बेसार र आवश्यकताअनुसार दूध मिलाएर लोसन बनाउने । यसलाई अनुहारमा लगाएर १५ देखि २० मिनेटसम्म रहन दिने । सुकेपछि अनुहार धुनुस । जाडोमा छालाको रुखोपन हटाउनका लागि यो लोसन अत्यन्त फाइदाजनक हुन्छ ।
२. आधा चिया चम्चा मूलाको रस, आधा चिया चम्चा गोलभेडाको रस र आधा चिया चम्चा गुलाबजललाई मिसाउने । यसमा ५-६ थोपा कागतिको रस पनि हाल्ने । फेरि यसमा १ चियाचम्चा घिउ र आधा चिया चम्चा बेसारको धुलो मिलाएर घोल तयार पार्ने ।
यो घोललाई आधा घन्टासम्म अनुहारमा लगाएर छाड्नुपर्छ । त्यसपछि मनतातो पानीले अनुहार धुनुस । यसबाट छालाको रुखोपन हट्नुका साथै दाग धब्बा पनि हराउँछन् र छाला चम्किन्छ ।
३. जाडोमा नुहाउनु भन्दा अगाडि लोसन लगाउनुपर्छ । यसले गर्दा छाला रुखो हुँदैन र छालामा निखार पनि आउँछ ।
यसका लागि जैतुनको तेल, श्रीखन्डको धुलो र गुलाब जल मिलाएर लोसन बनाउने । त्यसलाई अनुहारमा, घाँटीमा तथा हात गोडामा लगाएर २० मिनेटजति छाड्ने । त्यसपछि मनतातो पानीले स्नान गरौ । जाडोमा मख्खनजस्तो नरम त्वचा पाउनका लागि यो सहज तरिका हो ।
४. मुसुरोका दाललाई घिउमा भुट्ने । त्यसलाई दुधमा भिजाउने । जब मुसुरोको दाल राम्रोसँग फुल्छ, त्यसलाई पिसेर लोसन तयार गरौं । यसलाई अनुहारमा लगाउने र २ घन्टापछि धुनुपर्छ । छाला चम्किलो, उज्यालो एवं सुन्दर देखन थाल्नेछ । यो लोसनलाई फ्रिजमा राखेर आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ ।
५. गुलाफको पत्तालाई पिसेर पेस्ट बनाउने । यस पेस्टमा दूध मिसाउने । उक्त क्रिमलाई अनुहार र शरीरका अन्य भागमा लगाएर मालिस गर्नुपर्छ । १ घन्टापछि नुहाउने । यसबाट छाला चम्किलो र मुलायाम देखिन्छ ।
६. मह र गुलाबजल मिलाएर अनुहारमा लगाउने । यसलाई आधा घन्टासम्म छाड्नुपर्छ । फेरि तातोपानीले अनुहार धुने । यस्तो नियमितरुपमा गर्नाले केही दिनमै छाला चम्किलो देखिन थाल्छ ।
७. सुन्तलाको बोक्रालाई छाँया एवं ओझेलमा सुकाएर पाउडर बनाउने । यसलाई बट्टामा बिर्कोले बन्द गरेर राख्ने र आवश्यकताअनुसार प्रयोग गर्नुपर्छ ।सुन्तलाको पाउडरमा मह मिलाएर क्रिम बनाउनुपर्छ । यो क्रिम अनुहारमा लगाउने र सुकेपछि अनुहार धुनुपर्छ । जाडोमा यो क्रिमको नियमति प्रयोगल छाला गोरो हुन्छ र अनुहारको रुखोपन पनि हट्छ ।
८. एक चम्चा मह र दुई चम्चा पाउडरमा आधा चम्चा कागतिको रस मिलाएर क्रिम बनाउने । यसलाई अनुहारमा मसाज गर्ने । । केही बेरपछि अनुहार सफा गर्ने । यसबाट छालाको रुखोपन हट्नुका साथै दाग धब्बा पनि हराउँछन् र अनुहार गोरो देखिन्छ ।
९. ओटमिलमा ताजा दही मिलाएर क्रिम तयार गरौं । यसलाई अनुहारमा १०-१५ मिनेटसम्म लगाएर छाड्ने र फेरि हल्का हातले मालिस गर्दै अनुहार धुनुपर्छ । दही र ओटमिलको प्रयोगले छालामाकसिलोपन र निखार आउँछ ।
१०. दुधको क्रिममा थोरै केसर मिलाएर अनुहारमा लगाउने । यसलाई आधा घन्टासम्म रहन दिनुपर्छ । अनि अनुहार धुने। यसबाट अनुहार गोरो देखिनुका साथै छाला नरम र मुलायम बन्नेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
