खाना बनाउँदा भूलेर पनि नगर्नुहोस् यी गल्ती, स्वास्थ्यका लागि हुन्छ खतरा

एजेन्सी । खाना त हामी दिनहुँ बनाउछौँ । तर केही यस्ता गल्ती गछौँ जो हामीलाई यादै नहुन सक्छ। साना गल्तीले पनि कहिले काही स्वास्थ्यमा नराम्रो प्रभाव पार्न सक्छ। आज हामी त्यस्ता केही गल्तीका बारेमा जानकारी गराउँदैछौँ।

खाना बनाउँदा नगर्नुहोस् यी गल्ती
१. तेललाई धेरै तापमानमा तताउनु एकदमै हानिकारक हुन्छ । कतिपयले तरकारी पकाउने क्रममा तेलबाट धूँवा निकाल्छन् । यस अवस्थासम्म तेल तताउनु वा दोस्रो पटक तेल तताउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तेल बढी तताउँदा केहि तत्व ब्रेकडाउन हुन्छ, जसले तेलमा रहेको एन्टिअक्सिडेन्ट नष्ट हुन्छ। बाँकी रहेको तेललाई दोस्रो पटक प्रयोग नगर्नुहोस् ।

Advertisement

२. काँचो र पाकेको मासुलाई एउटै प्लेट वा भाँडामा नराख्नुहोस् यो स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। मासु वा माछालाई पकाउनुअघि जुन प्लेटमा राखिएको हुन्छ, पकाइसकेपछि पनि सो प्लेट प्रयोग नगर्नुहोस्। किनभने काँचो मासुमा केही ब्याक्टेरिया हुन्छ जो सजिलै पकाएको मासुमा सर्न सक्छ । उक्त भाँडोलाई राम्रोसँग धोएर मात्र प्रयोगमा ल्याउनु पर्दछ।

३. हामीले अक्सर खानालाई पूर्ण रुपमा चिसो भइसकेपछि मात्र फ्रिजमा राख्ने गर्छौ। यदि कुनैपनि खानालाई २ घण्टाभन्दा बढि बाहिर राखियो भने त्यसमा ब्याक्टेरिया पैदा हुन्छ।

४. कडा आगोमा ननस्टिक प्यान राख्नाले त्यसमाथि लगाएको कोटिङबाट परफ्लूरोकार्बन धुँवा बनेर निस्कन्छ । यसले शरीरको बिकासमा असर र्पुयाउँछ साथै कलेजोलाई पनि खराब गर्छ ।

५. खानालाई धेरैबेर चलाउने, घोल्ने बानी पनि सहि होइन । मीठो, स्वादिलो बनाउने चक्करमा हामी खानालाई चलाउँछौ । मसला घोलियोस् भन्न चाहन्छौ। यसका साथै पकौडा र बेकिङ जस्ता परिकार बनाउँदा घोललाई धेरै चलाइन्छ । आटालाई धेरैबेर घोल्दा त्यसमा ग्लूटेन बन्छ, जसले पाचन तन्त्रमा गडबडी गर्छ।

More News last news
Loading...