काठमाडौं। अन्डामा भएको पोषणका कारण यसलाई हामीले खानाको प्याकेज पनि भन्ने गरिन्छ । तर, पाकेको अन्डा खाएमा मात्र शरीरलाई फाइदा मिल्छ। काँचो अन्डा शरीरका लागि एक्दमै हानिकारक रहोको हुन्छ।
काँचो अन्डाका बेफाइदाहरु
काँचो अन्डामा साल्मोनेला ब्याक्टेरिया हुन्छ। यसले मानिसको रोगप्रतिरोधी क्षमतामा ह्रास ल्याउँछ । काँचो अन्डाले संक्रमणको सम्भावना समेत बढाउँछ।
काँचो अन्डामा भएको प्रोटिनलाई शरीरले पूर्ण रुपमा ग्रहन गर्न नसक्ने हुदा शरीरको मांशपेशी कमजोर बन्दै जान्छ।
काँचो अन्डाका कारण शरीरले बायोटिनको समेत पर्याप्त मात्रामा ग्रहण गर्न सक्दैन । यसो हुँदा शरीरमा ग्लुकोज निर्माण प्रक्रियामा नकारात्मक असर पार्छ । परिणाम शरीरमा कमजोरी पनि बढ्न सक्छ।
काँचो अन्डामा भएको ब्याक्टेरियाले अपच गराउने सक्ने भएकोले काँचो अन्डा खाँदा ‘फुड प्वाइजनको पनि खतरा हुन्छ ।
अन्डा खानुअघि ध्यान दिनुपर्ने कुराहरु
अन्डालाई प्रयोग गर्नुभन्दा पहिले नुनपानीले सफा गर्नुपर्छ।
अन्डालाई लामो समयसम्म भण्डार गरेर राख्यो भने अन्डा बिग्रन थाल्छ।
यदि अन्डामा कुच्चिएको वा रङ बदलिएको छ भने किन्नुहुँदैन। यस्ता अन्डा प्रायः बिग्रिएका हुन्छन्।
खाने तरिका
अन्डालाई उमालेर वा अम्लेट बनाएर खान सकिन्छ।
उमालेको अन्डा दूधसँग खानु स्वस्थकर मानिन्छ।
यदि तौल बढाउनका लागि अन्डा खाने हो भने यसको करी र भुजिया बनाएर प्रयोग गर्न सकिन्छ। एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
