पति पत्नीबीचको सम्बन्ध सुमधुर बनाउन चाहनुहुन्छ ? नगर्नुहोस् यस्ता गल्ती

भनिन्छ घरको शान्ती पति पत्नीको प्रेममा निर्भर रहन्छ। पति पत्नीबीचको सम्बन्ध राम्रो छ भने घरमा सुख, शान्ति र समृद्धि आउने गर्दछ। कहिले काही हाम्रा साना साना गल्तीले पनि हाम्रो सम्बन्धमा समस्या उत्पन्न हुने गर्दछ। सानै कारणले घरमा कलह पैदा हुन्छ भने प्रेममय बनाउन चाहेको जीवन पनि तनाव तर्फ घकेलिन सक्छ। त्यसैले आज हामी तपाईलाई सम्बन्ध बिगार्ने केही कारणका बारेमा जानकारी दिदैछौँ। जुन गल्ती तपार्ईले सच्याउनु भयो भने तपाईको दाम्पत्य जीवन सुखी र प्रेममय हुनसक्दछ।

नगर्नुहोस् यी गल्ती

Advertisement

आफ्नोलागि मात्र सोच्ने
बिवाहअघि हरेक कुराको निर्णय आफुलाई केन्द्रमा राखेर लिइन्छ । तर बिवाहपछि यो गल्ती नगर्नोस् । तर, बिवाहपछि यस्तो कुरामा पार्टनरको भावना पनि बुझ्नुपर्छ। हरेक कुराको निर्णय आफ्नै मर्जी अनुसार गर्नु हुन्न।

आफु जस्तै बनाउने प्रयास
हरेकको जन्मजात स्वभाव हुन्छ, खुबी हुन्छ। संसारमा जन्मिने कोहिपनि समान हुँदैनन्। तर, बिवाहपछि अक्सर पति,पत्नीले एकअर्कालाई आफु जस्तै बनाउने प्रयास गर्छन्। तर यस्तो गल्ती गर्नुहोस्। आफ्नो मर्जी अनुसार पार्टनरको स्वभाव, काम गर्ने तरिका बदल्न खोज्दा तपाईको दामपत्य जीवन बिग्रिन सक्छ।

तुलना गर्ने
संसारमा कोहि कसैसँग तुलना हुनै सक्दैन। तर, बिवाहपछि पती,पत्नी एकअर्कासँग तुलना गर्न थाल्छन्। दोस्रो व्यक्तिसँग तुलना गर्दा आफ्नो पार्टनरको स्तरवृद्धि हुने होइन, बरु त्यसले मनोबल गिराउने काम गर्छ। कसैसँग आफ्नो पार्टनरलाई दाँजेर हेर्ने प्रवृत्तिले आफु स्वंमलाई दुखी र खिन्न तुल्याउँछ। पार्टनरप्रति अन्तुष्ट बनाउँछ।

चियो चर्चा गर्ने
आफ्नो पार्टनरप्रति जहिल्यै शसंकित हुने प्रवृत्ति पनि कतिपयमा हुन्छ । पार्टनरको कुरामा शंका गर्ने, मोवाइल कल चेक गर्ने, म्यासेज पढ्ने, इमेल वा सोशल साइट्मा चासो राख्ने जस्ता बानीले दाम्पत्य सम्बन्ध मजबुद हुन दिदैन ।

अर्कोको सामु कुरा काट्ने
दोस्रो व्यक्ति वा परिवारका अन्य सदस्यका अगाडि आफ्नो पार्टनरको कुरा काट्ने बानीले दाम्पत्य जीवनमा नकारात्मक नतिजा दिन्छ। पार्टनरसँग रिस पोख्न वा आफुलाई राम्रो देखाउने वाहानामा पार्टनरलाई गिराएर वा होच्याएर अर्काको अगाडि कुरा नगरौं।

More News last news
Loading...