हरेक महिना युवती वा महिलामा हुने रजस्वला एक प्राकृतिक प्रक्रिया हो। यस्तो बेला केही सावधानी नराख्ने हो भने स्वास्थ्यमा नराम्रो असर पर्न सक्दछ। गायनोकोलोजिस्ट डाक्टरका अनुसार कयौँ महिलाले महिनावारीका समयमा केही गल्ती गर्ने भएकाले त्यसले स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्दछ।
महिनावारीका क्रममा कयौँ गल्ती यस्ता छन्, जसका कारण इन्फेक्सनको खतरा हुने गर्दछ। यदी केही कुराको ध्यान नराख्दा इन्फेक्सनको समस्या बढ्न सक्ने हुन्छ। त्यसैले आमा हामी तपाईलाई गायनोकोलोजिस्टले बताएका ५ गल्तीका बारेमा जानकारी गराउँदैछौँ ।
गर्नुहोस् यी ५ गल्ती
१) यौन सम्बन्ध
महिनावारीको समयमा यौन सम्बन्ध राख्नु हुँदैन । महिनावारीको समय यौन सम्बन्ध राख्दा निकै कष्टदायी हुन्छ । साथै त्यसको धेरै साइड इफेक्ट पनि हुन सक्छ ।
२) केमिकलयुक्त बस्तुको प्रयोग
महिनावारीका समयमा केमिकलयुक्त बस्तुको प्रयोग गर्दा पनि महिलामा इन्फेक्सनको खतरा बढ्न सक्छ। त्यसैले यस्तो समयमा सफा प्याड तथा कपडाको मात्र प्रयोग गर्नु राम्रो हुन्छ।
३) स्वस्थ नराख्नु
महिनावारीका समयमा आफ्नो स्वास्थ्यको सरसफाइ तथा शारिरीक कसरतमा राम्रोसँग ध्यान नदिनुले पनि स्वास्थ्यमा कयौँ किसिमका समस्या आउन थाल्दछन्। त्यसैले यस्तो समयमा सामान्य शारिरीक व्यायाम तथा सरसफाइदा ध्यान दिनु राम्रो मानिन्छ।
४) प्रयाप्त नसुत्नु
महिनावारीका समयमा करीब ८ घण्टा नसुत्दा स्वास्थ्यमा समस्या देखिने गर्दछ। प्रयाप्त निद्रा नपुग्दा टाउको दुख्ने तथा शरीर दुख्ने जस्ता समस्या देखिन थाल्दछ।
५) समय समयमा प्याड परिवर्तन नगर्नु
महिनावारीका क्रममा समय समयमा प्याड परिवर्तन नगर्दा पनि हाम्रो स्वास्थयमा समस्या देखिन सक्दछ। यो समयमा हरेक तीन, चार घण्टामा प्याड परिवर्तन गर्नुहोस्। यदी कपडा प्रयोग गर्ने हो भने सकेसम्म सुतीको कपडा प्रयोग गर्नुपर्छ । उक्त कपडा पनि ३–४ घन्टामा परिवर्तन गरिराख्नु पर्छ । यसले संक्रमणबाट जोगाउँछ र दुर्गन्धबाट पनि टाढा राख्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
