कफीले यसरी बनाउन सक्छ तपाईँलाई गोरो (विधिसहित)

काठमाडौं । जाडो महिना शुरु भएसंगै मानिसहरु न्यानोका लागि घाम ताप्ने गर्दछन्। जसका कारण उनिहरुलाई घामले प्रत्यक्ष असर गरिरहेका हुन्छ।

न्यानो हुने तोडमा मानिसहरुलाई घामले डढेर कालो हुदै गएको पत्तो नै हुँदैन। त्यसैले आज हामी तपाईहरुलाई घामले डढेर भएको कालोपनलाई हटाउने उपायको बारेमा जानकारी दिन गईरहेका छौं । छाला डढ्नबाट बचाउन र डढिसकेको छालालाई पुरानै रुपमा फर्काउन कुनै मिहिनेत नै गर्न नपर्ने सजिलो घरेलु उपायको बारेमा बताउन गईरहेका छौं।

Advertisement

डढेको छालालाई सेतो बनाउन कफीे एकदम प्रभावकारी र महत्वपूर्ण हुन्छ । कफीमा एन्टीअक्सिडेन्ट हुन्छ जसले छालामा हानी पुर्याउने विकिरणहरुसंग लडेर छालाको रक्षा गर्दछ । कफीमा हुने कफिनले स्किनमा उर्जा दिई फेसमा रगत आदानप्रदान गर्न सहयोग गर्छ। जसले स्किनलाई एकदम त्वचा र उज्यालो बनाउछ । यसको प्रयोगले अनुहारको चाउरीपन रोक्न समेत मद्धत गर्छ।

विधि यसप्रकारका छन् ।

१ एउटा कचौरामा एक चम्चा कफी पाउडर, एक चम्चा चिनी र एक चम्चा ओलिव ओइल राख्ने र यी सामग्रीलाई मज्जाले मिसाउने । मिसाइसकेपछी अनुहार वा हातखुट्टामा लगाएर सर्कुलर मोसनमा २–३ मिनेट सम्म मसाज गर्ने । त्यसपछि अनुहारलाई पखाल्ने।

२ फेस मस्कका लागि एउटा सफा कचौरामा एक चम्चा कफी पाउडर र एक चम्चा चामलको पिठो राखेर राम्ररी मिसाउने । त्यसपछि आधा चम्चा मह र २–३ चम्चा दहि राखेर राम्रो संग मिसाउने। यसको पेस्ट बनिसकेपछि अनुहार, घाँटी वा हातखुट्टामा लगाउने। लगाईसकेपछि पेस्टलाई १५ देखि २० मिनेट सम्म सुक्न दिने । त्यसपछि चिसो पानीले पखाल्ने।

More News last news
Loading...