मुस्कान यस्तो चिज हो, जसले तपाइको खुसिलाई व्यक्त गर्दछ। त्यती मात्रै हैन तपाईको हाँसोले तपाईको व्यवहारलाई समेत प्रस्टाउछ। समुद्रशास्त्रमा व्यक्तिको हाँस्ने तरिकाको आधारमा उसको स्वभावका बारेमा उल्लेख गरिएको छ।
खित्का छाडेर हाँस्ने व्यक्ति
जो व्यक्ति हाँस्न कन्जुस्याइँ गर्दैनन् अर्थात् खित्का छाडेर हाँस्छन्, यस्ता व्यक्ति उत्साही प्रवृत्तिका हुन्छन्। यस्ता व्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ। यस्ता व्यक्ति सहनशील हुनुका साथै मनमा कुनै पनि प्रकारको छलकपट हुँदैन। आवश्यक परेको समयमा मानिसको सहयोग गर्न सदैव तयार रहन्छन्।
जोड–जोडले आवाज निकालेर हाँस्ने व्यक्ति
कुनै व्यक्ति यस्ता हुन्छन्, जो हाँस्ने बेला जोड–जोडले आवाज निकाल्छन्। यस्ता व्यक्ति स्भाभिमानी र परिश्रमी हुन्छन्। यस्ता व्यक्ति जीवनमा सफल पनि हुन्छन्।
मन्द मुस्कानसहित हाँस्ने व्यक्ति
कुनै व्यक्ति यस्ता पनि हुन्छन्, जो जतिसुकै हाँस्ने कुरा भए पनि मन्द मुस्कान मात्रै दिन्छन् । जो व्यक्ति यसरी मुस्कुराउँछन् मात्रै उनीहरु बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन्। यस्ता व्यक्ति छिट्टै रिसाउँदैनन् साथै कठिन समयमा धैर्यताका साथ काम गर्छन्।
रोकिएर हाँस्ने व्यक्ति
केही व्यक्ति हाँस्न पनि कन्जुस्याइँ गर्छन्। अर्थात् बीचमा रोकिएर हाँस्छन्। यस्ता व्यक्तिको बौद्धिक क्षमता सामान्य हुन्छ। यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिन्छन्। यस्ता व्यक्तिमा कुनैपनि चीजको बचत गर्ने बानी भने विशेष प्रकारले भरिएको हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
