पसिना गनाउने समस्या छ भने अपनाउनुहोस् यी कुरा

आफूलाई सुन्दर र स्वस्थ्य राख्ने मन कसलाई हुँदैन र ? सुन्दरको अर्थ अनुहार राम्रो हुनु मात्रै होइन सौन्दर्य हाम्रो व्यवहार र दैनिकीसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको हुन्छ । मानिसमा भएको आत्मविश्वास एवं सकारात्मक सोचले पनि मानिसलाई सुन्दर बनाउँछ ।गर्मी महिनामा पसना बग्नु स्वभाविक हो । पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थिबाट बन्छ । यो ग्रन्धिको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । गर्मि समयमा बढ्दो तापक्रमले गर्दा छालाको माथिल्लो सतहमा नुनयुक्त पानी उत्पन्न हुन्छ र यसलाई नै हामि पसिना भन्छौ ।

पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ तर पसिनाले गर्दा कपाल तेल हालेको जस्तो देखिनु, अनुहार चिल्लो देखिनु, काखी गन्हाउने, पसिना गन्हाउने, लुगामा पनि पसिनाले गर्दा पहेँलो दाग बस्ने जस्ता समस्याले हामी मध्ये कतिलाई हैरान बनाएको हुन्छ । यस्ता समस्याबाट मुत्ति पाउनको लागि स्याहार तथा सरसफाइमा ध्यान दिनु त पर्छ नै यसका साथै यी समस्या समाधानको लागि निम्नअनुसारका उपाय अपनाउन सकिन्छ :

Advertisement

१ धेरै धुलो धुवामा नबस्ने

२ गर्मि समय भएको कारणले गर्दा दिनमा २ पटक नुहाउहोस

३ धेरै पसिना आउने ठाउमा सेन्टको प्रयोग नगर्नुहोस

४ सफा बस्ने र फोहोर लुगा नलगाउनुहोस

५ अत्यधिक पसिना गनाएमा उक्त ठाउमा फिटकिरी लगाउनुहोस

More News last news
Loading...