हाम्रो खानपान र सहनसहनले गर्दा पछिल्लो समय बिभिन्न रोगहरु बढ्दै गएका छन् । त्यो मध्ये मृगौलाको रोग पनि हाम्रो खानपान र जीवनशैलीकै कारण थपिन्छ। मृगौला फेल देखी मृगौलाको पत्थरी नै मृगौला रोगका समस्या हुन् । खानपान तथा बानीब्यवहारले मृगौलाको पत्थरी हुने गर्छ। जुन निकै पिडादायी पनि हुन्छ। तर पत्थरीलाई शल्यक्रियामार्फत सजिलै निकाल्न पनि सकिन्छ।
दैनिक जीवनमा हामीले खाने खानेकुराहरुका कारण मृगौलाको पत्थरी कम गराउने मात्र होईन यदी भईहाल्यो भने पनि त्यसलाई हटाउन मद्दत पुग्छ । नुन र अन्य खनिज पदार्थ एकआपसमा सम्पर्कमा आएपछि पत्थरी बन्छ । पत्थरीको आकार केही साना हुन्छन् भने केही ठूला । सानो खालको पत्थरीलाई प्राकृतिक उपायमार्फत पिसाबबाट पनि निकाल्न सकिन्छ। मृगौलाको पत्थरी कम गर्ने खानेकुराहरु यसप्रकार रहेका छन्।
केरा
नियमित रुपमा केराको सेवन गर्नाले मृगौलाको पत्थरीबाट छुटकारा दिन्छ । यसमा हुने भिटामिन बी ६ ले अक्जेलेट क्रिस्टल बन्नबाट रोक्छ र स-साना ढुंगालाई टुक्रा पार्छ । भिटामिन बीको १ सय देखि १ सय ५० मिलिग्राम दैनिक रुपमा सेवन गर्नाले मृगौलाको पत्थरीबाट राहत मिल्छ।
अंगुर
अंगुुरले प्राकृतिक मूत्रबबर्द्धकको रुपमा कार्य गर्ने भएकाले यसले मृगौलाको पत्थरी निको पार्न महत्वपूर्ण भूमिका खेल्छ । यसमा पोटासियम र पानी भरपूर मात्रामा हुने हुनाले पनि यसले मूत्रबर्द्धकको काम गर्छ।
अनार
अनारको बियाँ र रसमा भएको टर्रोपनका कारण मृगौलाको पत्थरीमा प्राकृतिक औषधिको काम गर्छ। अनार किफायती र असरदार पनि हुन्छ।
तितो करेला
करेला निकै तितो हुने हुनाले यसलाई निकै कम मानिसले मात्र मन पराउँछन् । तर मृगौलाको पत्थरीका बिरामीका लागि यो अमृत नै मानिन्छ । करेलामा पाइने म्याग्नेसियम र फस्फोरसले पत्थरी बन्नबाट रोक्छ।
बेथेको साग
मिर्गौलाको स्टोन निकाल्नका लागि बेथेको साग उपयोगी मानिन्छ । यसका लागि आधा किलो बेथेको साग उमालेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउने गर्नुपर्छ । यसो गर्नाले मृगौलाको पत्थरी निको हुन्छ।
निम्बुको रस
जैतुनको तेलका साथ निम्बुको रस मिसाएर सेवन गर्नाले मृगौलाको पत्थरीलाई निको पार्छ। निम्बुको रस र जैतुनको तेल दुवै सबै खालको स्वास्थ्यका लागि राम्रो मानिन्छ र सजिलै उपलब्ध हुन्छ।
तुलसी
तुलसी सबैजसो बिरामीका लागि लाभदायक मानिन्छ। तुलसीका चियाले मृगौलाको पत्थरीबाट छुटकारा पाउन सहयोग मिल्छ। कम्तिमा एक महिनासम्म तुलसी चिया पिएमा पत्थरी पिसाबबाट निस्कन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
