एजेन्सी । आजभोलिको प्रदूषत वातावरण र गलत खानपानका कारण त्वचामा निकै नोक्सान पुग्ने गर्दछ। लगातार घाम र प्रदूषणको सम्पर्कमा रहँदा अनुहारको रंग विस्तारै कालो हुने गर्दछ। कालो रंगले हाम्रो सुन्दरतामा नराम्रो नसर पुर्याउने गर्दछ।
आजभोलि हामी कालोपन हटाउनका लागि विभिन्न उपाय हप्नाउने गर्दछौँ। त्यसले फाइदा हुनुको साटो उल्टै बेफाइदा गर्ने गर्दछ। आज हामी तपाईलाई यस्ता घरेलु उपायका बारेमा जानकारी दिदैछौँ, जसका माध्यमले कुनै असर बिना सजिलै अनुहारको कालोपना हटाउन सक्नुहुनेछ। यो प्रयोग सुत्ने बेलामा गर्दा राम्रो मानिन्छ।
एलोभेरा जेल र बेसार
सबैभन्दा पहिले एउटा कचौरामा दुई चम्चा एलोभेरा जेल लिनुहोस्। अब यसमा बेसार राखेर राम्रोसँग मिक्स गर्नुहोस्। यसको पेस्ट तयार भएपछि राम्रोसँग अनुहारमा लगाउनुहोस्। जब यो सुक्छ तब मनतातो पानीले यसलाई सफा गर्नुहोस्। यो प्रयोग केही दिन रातमा गर्नुभयो भने तपाईको त्वचा गोरो र सुन्दर बन्ने गर्दछ। तपाई हप्तामा यसको प्रयोग दुई वा तीन पटकसम्म गर्न सक्नुहुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
