एजेन्सी । जब बच्चा विस्तारै ठूलो हुन थाल्दछन् तब उनलाई दूध पिलाउने तरिका पनि परिवर्तन हुन थाल्दछ। प्राय कामकाजी महिलाले आफ्नो बच्चालाई दूध पिलाउनका लागि प्लास्टिकको बोतलको प्रयोग गर्ने गर्दछन्।
प्लास्टिकको बोतल सजिलै प्राप्त हुने भएकाले पनि आमाहरु बढी यही बोतलको प्रयोग गर्ने गर्दछन्। तर धेरैलाई थाहा नहुन सक्छ बच्चाका लागि प्लास्टिकको बोतल निकै हानिकारक मानिने गरिन्छ। यसले बच्चाको स्वास्थ्यमा गम्भिर असर पार्ने गर्दछन्। प्लास्टिकको बोतलमा कीटाणु हुने भएकाले ती बच्चाको शरीरमा पुगेर उनको स्वास्थ्यमा नराम्रो असर पार्ने गर्दछन्।
जब प्लास्टिकको बोतलमा तातो दूध राखिन्छ, तब बोलतमा भएको केमिकल दूधसँग मिल्ने गर्दछ। जसले बच्चाको स्वास्थ्यमा गम्भिर असर पुर्याउने गर्दछ। यसका कारण बच्चाको वजन कम हुन थाल्दछ। यस बाहेक प्लास्टिकको बोतलमा दूध पिलाउँदा बच्चालाई वान्ता, ज्वोरो, कब्जित जस्ता समस्या देखिने गर्दछन्। प्लास्टिकको बोतलमा भएको केमिकलले बच्चाको शरीरको इम्युनिटी पावर नष्ट गरिदिन्छ। जसका कारण बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले साना साना रोगले पनि चाडै संक्रमण गर्ने गर्दछन्।
प्लास्टिकको बोतलमा विस्फेनोल नामको केमिकल पाइने गरिन्छ। जसले बच्चाको दिमागलाई कमजोर बनाउने गर्दछन्। त्यसैले आफ्नो बच्चालाई दूध पिलाउनका लागि सधै काँचको बोतलको प्रयोग गर्नुहोस्। काँचको बोतलमा केमिकलको मात्रा नहुने भएकाले बच्चाको स्वास्थ्यमा खासै असर पर्दैन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
