काठमाडौं । आखाँ चलायमान हुन आवश्यक मानिन्छ । सबै अंग जस्तै आँखालाई पनि आरामको जरुरत पर्दछ। आँखालाई आराम प्रदान गर्न र आँखाको दृष्टि जोगाईराख्न यस्तो उपायहरु लाभदायक हुन्छन्।
– निरन्तर रुपमा आँखा झिम्काउन सिक्नुपर्छ। अर्थात आँखा झिम्काउँदा आँखालाई आराम पुग्ने भएकाले आँखा नझिम्काई नबस्नुहोस्।
– टि.भी. कम हेर्ने गर्नुहोस् । टी.भी हेर्दा टाउको अलि पछाडी लगी आरामले हेर्नुपर्छ । तर टि.भी. हेर्दा परेला झिम्काउन बिसर्नु हुँदैन अर्थात आँखालाई आराम दिईरहनुपर्छ।
– सिउँदा वा बुन्दा आँखालाई सियोमा मात्र केन्द्रित गर्नुहुँदैन।
– गुडिरहेको गाडीमा बसेर पढ्ने बानी नगनुृहोस्। पढ्नै पर्ने भएपनि समय समयमा आँखालाई आराम दिनुहोस्।
– धेरै चम्किलो प्रकाश र धमिलो प्रकाश दुवैमा पढ्नु हुँदैन। यस्तै प्रकाश सिधा कितावमा पनि पर्नुहुँदैन।
– पढ्दा वा लेख्दा किताबलाई आँखाको धेरै नजिक राख्नुहुँदैन। आँखा र कितावको दूरी लगभग १२ इन्च जति कायम गर्नुपर्छ। समय समयमा आँखा बन्द गरेर, वा चिसो पानी आँखामा छ्यापेर, हत्केलाले आँखालाई ढाकेर आँखालाई आराम दिनुपर्छ।
– राम्रो गुणस्तरको चस्मा मात्र प्रयोग गर्नुहोस्।
– सँधै चस्मा लगाईराख्नु पनि हानिकारक हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
