मुख, ओठ र जिब्रोमा खटिरा आयो ? यी घरेलु उपाय अप्नाउनुहोस्

काठमाडौं । के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएकाे छ ? यस्ता घाउ खटिराकाे समस्या बढेर जटिल समस्या पनि आउन सक्छ। घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ।

त्यसैले मुखको घाउ, खटिराबाट छुटकारा पाउन निम्न उपाय अपनाउनुहोस्:

Advertisement

– मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने

-पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने

-हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने

-मह घाउमा लपक्क लगाउने

-बढी चिल्लो नखाने

-हल्का उम्रेको गेडागुडी बिहान / बिहान खाने

-पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने

-बदाम भिजाएर खाने

-निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने

-जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने।

More News last news
Loading...