जवानीमै कपाल फुल्यो ? यसरी गर्नुस समाधान

कपाल फुल्नु एउटा प्राकृतिक प्रक्रिया हो । सामान्यतया यसले उम्मेर छिप्पिन थालेको संकेत गर्छ । तर, आजकाल कम उमेरमै धेरै मानिसहरुका कपाल सेताम्य हुन थालेका छन्।

खासगरी गुणस्तरहीन स्याम्पु र सौन्दर्यका साधनको प्रयोगले समयभन्दा अगाडि नै धेरैको कपाल फुल्ने गरेको हो । केहीमा भने वंशाणुगत कारणले पनि कपाल चाँडै फुल्छ । यस्तै, थाइराइडले पनि यो समस्या निम्त्याउन सक्छ।

Advertisement

त्यति मात्र हैन, घरमै उपलब्ध सामग्रीको प्रयोगबाट पनि चाहेजस्तो कपाल पाउन सकिन्छ। केही विधीहरु यसप्रकार छन् :

१. आधा कप रोजमेरी वा कपुरको पत्ता पानीको भाँडोमा करिब तीस मिनेटसम्म उमाल्नुस। उक्त जडिबुटीलाई छानेर पानीलाई चिसो हुन दिनुस । पानी चिसो भएपछि प्राकृतिक स्याम्पुको प्रयोगले कपाल धुनुस। यो विधि हप्तामा कम्तिमा एकपटक अपनाउनाले कपाललाई प्राकृतिक रङ्ग प्रदान गर्छ।

२. थोरै अमलालाई नरिवल तेलमा तबसम्म उमाल्नुस, जबसम्म तेल कालो हुँदैन । अब यो मिश्रणलाई चिसो भएपछि कपालको जरामा लगाउनुस । र, औलाको सहायताले मालिस गरेपछि कपाल धुनुस ।

३. ओख्खर पनि कपालको लागि राम्रो मानिन्छ । केही कालो ओखरलाई एक भाँडो पानीमा भिजाएर त्यसलाई करिब १५ मिनेट उमाल्नुस । उक्त पानी चिसो भएपछि ओख्खरलाई निकालेर कपाल धुनुपर्छ । यो प्रक्रियालाई सातामा करिब दुईपटक दोहोर्‍याउनुपर्छ ।

४. प्रत्येक साता कम्तिमा एक घण्टा प्राकृतिक तेलले कपालको मालिस गर्नु पर्दछ । त्यस्तै, कपालमा कलर गर्न तथा डाई गर्न हेयर स्पेसलिस्टको सहायता लिनुपर्छ । त्यस्तै, नुहाउँदा स्याम्पूको प्रयोग गरेपछि कन्डिसनरको प्रयोग गर्नुपर्छ, जसले कपाल चम्किलो हुनुका साथै स्वस्थ रहने गर्छ । साथै, कपाल क्षति हुनबाट समेत जोगाउँछ ।

सेतो कपाललाई कहिल्यै पनि काट्नु तथा चुँड्नु हुँदैन । अन्यथा, कपाल फुल्ने समस्या तीव्र हुने गर्छ। र, कपाल फुल्दैमा आत्तिइहाल्नु पर्दैन । विभिन्न उपाय प्रयोग गरेर पनि यो समस्यालाई क्षणभरमै कम गर्न सकिन्छ।

कपाल फुल्नुको सही कारण पत्ता लगाउनु आवश्यक छ । कपाल आणुवंशिक कारणले पनि फुल्न सक्छ। त्यस्तै, थाइराइडसम्बन्धी समस्या, तनाव, रक्तअल्पता, पिट्युटरी ग्रन्थिको समस्याका कारण पनि कपाल फुल्ने वा सेतो हुन सक्छ।

गोराहरुको ३५ वर्षको उमेरमा नै कपाल फुल्ने गर्छ भने एसियाली र अफ्रिकनहरुमा ४० वर्षको उमेरदेखि नै कपाल फुल्ने गर्छ। त्यसैले, यदि कुनै कारणवस मानिसको उमेर अगावै कपाल फुल्न थालेमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ।

More News last news
Loading...