मुख धुँदा कहिल्यै पनि नगर्नुस् यी गल्ती, बिग्रिन सक्छ

मुख धुने काम सबैले दैनिकरुपमा पटक पटक गर्ने काम मध्ये पर्छ। तर दैनिकरुपमा पटक पटक गरिने यो काममा पनि हामीले गल्ती गरिरहेका छौं भन्ने कुरा धेरैलाई ज्ञान हुँदैन। तपाइँले पनि मुख धुँदा यी गल्ती गरिरहनु भएको त छैन ?

१. अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस्।

Advertisement

२. अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ।

३. ध्यान दिनुस्- जव अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ।

४. फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस्।

५. अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस्।

६. अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस्।

७. अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस्। अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ।

८. अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस्।

९. अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस्।

१०.अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस्।

More News last news
Loading...