थ्रेडिङ गरेपछि नगरौं यी गल्ती

महिलाको निम्ति अनिवार्य जस्तै हो, थ्रेडिङ । थ्रेडिङ अर्थात शरीरका अनावश्यक रौं उखेल्ने काम । हात, पाखुरा लगायतका रौंदेखि आँखी भौं आसपासका रौं उखेल्न महिलाहरु महिनामा दुई पटकसम्म पार्लर धाउने गर्छन् । कतिले घरमै पनि थ्रेडिङ गर्छन्।

तर थ्रेडिङपछि हुने दुखाई र खटिराबाट छुट्कारा पाउनका लागि आम युवतीहरुले केही गल्ति गर्छन्। यसबाट पछि उनीहरुले विभिन्न समस्या भोग्नुपर्ने हुन्छ।

Advertisement

थ्रेडिङ गराएलगत्तै घाममा निस्किनु हुँदैन। घाममा निस्किँदा विभिन्न समस्या हुन सक्छ। जब हामी शरीरको कुनै हिस्साको रौं निकाल्छौं, त्यो स्थान पूर्णरुपमा संवेदनशील हुन्छ। त्यसैले तपाईं यो समस्याबाट बच्नका लागि घाममा निस्किनबाट जोगिनुपर्छ।

प्राय महिलाहरुले गर्ने गल्ति यही हो। कुनै पार्टीमा जानुपर्ने छ भने हतार-हतार थ्रेडिङ गराएर तुरुन्त मेकअप गर्न थाल्छन्। यो विल्कुल गलत हो। यसले छालामा समस्या आउन सक्छ। त्यसैले थ्रेडिङ गराएको २४ घन्टापछि मात्रै मेकअप गर्नुपर्छ।

More News last news
Loading...